साओमीको एमआई मिक्स बजारमा, ६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज

काठमाडौं, २२ फागुन । साओमीले नेपाली बजारमा एमआई मिक्स स्मार्टफोन सार्वजनिक गरेको छ । साओमीका नेपालका लागि आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले ६.४ इन्चको फूलएचडी आइपीएस डिस्प्ले भएको स्मार्टफोन नेपालमा बिक्री शुरु गरेको हो ।

फोनमा २.३५ गिगाहर्जको क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर प्रयोग गरेको छ भने यसमा ६ जीबीको र्याम तथा २५६ जीबीको स्टोरेज राखिएको छ । फोनमा ४,४०० एमएएच ब्याट्री प्याक रहेको छ ।

फोटोका लागि साओमी एमआई मिक्समा १६ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

एन्ड्रोयड मार्शमाल्लो ६.०.१ भर्सनमा आधारित एमआईयूआई ८ मा संचालन हुने यो स्मार्टफोनको मूल्य बजारमा ८९,९९९ रुपैंया राखिएको छ ।

साओमी एमआई मिक्स स्मार्टफोन यहि शुक्रबारसम्मका लागि प्रि-बुकिंग गर्न सकिने कम्पनीले जनाएको छ । यो स्मार्टफोन साओमीका नेपालभरका आधिकारिक रिटेल स्टोरबाट बुकिंग गर्न सकिने बताईएको छ ।