दुगड समूहको ज्ञान मल्टिग्रेन आटा बजारमा

काठमाडौं, २२ फागुन । के.एल. दुगड समूहले ७ वटा प्राकृतिक अन्नहरु गहुँ, मकै, चना, भटमास,ओट्स,रागी र जौ को समिश्रण बाट तयार गरिएको ग्यान मल्टिग्रेन आटाको उत्पादन गरी बजारमा बिक्री वितरण सुरु गरेको छ ।  यस ग्यान मल्टिग्रेन आटामा सात वटा प्राकृतिक अन्नहरुः गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौबाट पाइने शक्ति प्रोटिन, भिटामिन, खनिज तत्व तथा डाइटरी फाइवर एकै साथ प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

साथै शुद्ध गहुँको आटाको तुलनामा प्राकृतिक अन्नहरुको समिश्रण बाट विशेष रुपमा तयार पारेकाग्यान मल्टिग्रेन आटाको ग्लाइसेमिक इन्डेक्स कम हुने हुदाँ सुगर सचेत ब्यक्तिको लागि बढी फाइदा जनक रहेको छ । यो आटा बजारमा २ केजीको प्याकमा उपलब्ध छ । आजको पुस्ता स्वास्थ्य प्रति सचेत र खान पानमा बढी ध्यान दिने भएकोले नै उनीहरुलाई लछित गर्दै के एल दुगड सुमुहले यो मल्टि ग्रैन आटा बजारमा ल्याएको हो ।

यो मल्टिग्रेन आटा नेपालमा पहिलो पटक उत्पादन गरि बिक्रि वितरण सुरु गरिएको कम्पनीले जनाएको छ ।