अन्तराष्ट्रिय ओपन डाटा डे मनाईयो, सरकारी तथ्यांक खुला गर्नुको विकल्प नभएको स्वास्थ्य मन्त्रीको भनाई

काठमाडौं, २२ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले सरकारी तथ्यांक खुला गर्नाले सरकारको पारदर्शिता एवं जवाफदेहीतामा अभिवृद्दि हुने बताएका छन् । स्वास्थ्य मन्त्री थापाले अन्र्तराष्ट्रिय ओपन डाटा डे २०१७को अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकारले अबका दिनमा तथ्यांक खुला गर्नुको विकल्प नभएको र नियमित रुपमा तथ्यांक खुला गर्नाले सरकारको पारदर्शिता एवं विश्वसनियता बढ्ने बताए ।

उनले स्वास्थ्य मन्त्रालयमा आफ्नो नेतृत्वमा स्मार्ट हेल्थ यूनिट खडा गरी स्वास्थ्यसम्बन्धी तथ्यांकहरु खुला गर्न लागिपरेको कुरा समेत जानकारी दिए ।

कार्यक्रममा मूख्य विषयहरुका रुपमा स्वास्थ्य सेवा एवं सार्वजनिक खरिदमा केन्द्रित रही विषयगत छलफलको आयोजना गरिएको थियो । उक्त छलफलहरुमा नेपाल सरकारका विभिन्न निकायका उच्चपदस्थ अधिकारीहरु, नागरिक समाज संस्थाका प्रतिनिधिहरु, पत्रकार एवं विकास साझेदार संस्थाका पदाधिकारीरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विभिन्न तह एवं क्षेत्रहरुमा ओपन डाटा को क्षेत्रहरुमा विभिन्न कार्य गरिरहेका संस्थाहरुद्दारा उनीहरुले गरिरहेका कार्यका बारेमा प्रकाश पार्ने कार्य गरिएको थियो ।

यसैगरी, कार्यक्रममा ओपन डाटा डे ह्याकाथोनका उत्कृष्ट ६ वटा समूहहरुले स्वास्थ्य सेवा एवं सार्वजनिक खरिदका तथ्यांकको प्रयोग गरी आपूmले विकास गरेका प्रविधिहरुका बारेमा प्रस्तुति गरेका थिए । उत्कृष्ट ६ समूहहरुमध्ये उत्कृष्ट ३ वटा समूहहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।

मार्च ४ तारिखमा अन्र्तराष्ट्यि ओपन डाटा डे २०१७ विश्वभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैँ आएको छ ।