६ जीबी र्यामसहितको सामसङ ग्यालेक्सी सि नाइन प्रो, यस्ता छन विशेषताहरु

काठमाडौं, २२ फागुन । सामसङ नेपालले सि सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी सि नाइन प्रो बजारमा ल्याएको छ ।

अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्न फोनमा सिक्स जीबी र्याम, १६ मेगापिक्सेलको फ्रन्ट र ब्याक क्यामेरा तथा ६ इन्चको  फूलएचडी एसएमोलेड डिस्प्ले राखिएको छ । त्यसैगरि फूल मेटल यूनिबडि भएको यस फोनले आफ्नो स्मार्टफोन धेरैको अपेक्षा राख्ने ग्राहकहरुका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

“फिचर पावरहाउस” भन्ने संज्ञा दिइएको ग्यालेक्सी सि नाइन प्रोले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । यी टप–अफ–द–लाइन फिचरहरुले ग्राहकहरुलाई उत्कृष्ट मल्टीमिडिया र क्लियर पिक्चरका साथ इमसिंभ भ्यूईँग प्रदान गर्ने कम्पनीको भनाई छ ।

सामसङ नेपालका डेपुटी जनरल म्यानेजर, मोबाइल बिजनेस, प्रणय स्थापितले भने, ‘ग्यालेक्सी सि नाइन प्रो आफ्नो ६ इन्चको फूलएचडी एसएमोलेड डिस्प्लेका साथ मोबाइल प्रयोगकर्ताहरुलाई सर्वाेत्कृष्ट मल्टिमिडिया अनुभव प्रदान गर्न डिजाइन गरिएको छ । साथै, आफ्नो एड्भान्स्ड् ६४ बिट अक्टाकोर प्रोसेसर, ६ जीबी र्याम, ४००० एमएएचको ब्याट्री र ६४ जीबीको इनबिल्ट स्टोरेज जसलाई २५६ जीबीसम्म एक्स्पान्ड गर्न सकिनेका साथ यो स्मार्टफोन ग्राहकहरुलाई पावरहाउस पर्फमेन्स् दिन तयार छ ।’

यसमा फोटोका लागि ड्यूल एलईडी फ्ल्याश र एफ १.९ लेन्ससहितको १६ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेरा राखिएको छ ।

अतुलनीय कार्यक्षमता

सि नाइन प्रो शक्तिशाली ६ जीबी र्याम भएको पहिलो सामसङ फोन हो जसले बिना कुनै रुकावट प्रयोगकर्ताहरुलाई मल्टि–टास्किङ्ग अनुभव प्रदान गर्न सक्दछ ।  ६४ जीबी तथा माइक्रोएसडीद्धारा २५६ थप गर्न सकिने स्टोरेजका साथ सामसंग ग्यालेक्सी सि नाइन प्रो को ६४ बिट अक्टाकोर प्रोसेसरले प्रयोगकर्ताहरुलाई बिना कुनै रुकावट मल्टिमिडिया, गेम तथा अन्य विभिन्न एप चलाउने क्षमता प्रदान गर्छ ।

जीवनका रमाइला पलहरु सँगाल्दै

एफ १.९ अर्पाचरसहितको १६ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेराले प्रयोगकर्ताहरुलाई “लो–लाइट” कन्डिशनहरुमा पनि उत्कृष्ट फोटोहरु लिन सक्षम बनाउँछ । हाइ–रेजोल्युशन भएको फ्रन्ट क्यामेराले अपग्रेडेड सेल्फीको अनुभव प्रदान गर्छ भने ड्यूल एलईडी फ्ल्याश भएको १६ मेगापिक्सेलको रियर क्यामेराले क्लियर तथा शार्प इमेज लिन मदत गर्छ ।

लार्ज इमर्शिभ डिस्प्ले

६ इन्चको फूलएचडी एसएमोलेड स्क्रिनका साथ ग्यालेक्सी सि नाइन प्रोले अभैm उत्कृष्ट भ्यूईँग एक्सपेरियन्स प्रदान गरेको छ । साथै, यसमा भएको डुअल स्पिकरले यो फोनलाई मल्टिमिडियामा रुचि भएका व्यक्तिहरु माझ उपयुक्त छनौट बनाएको छ ।

प्रभावशाली डिजाइन

यसको फूल मेटल यूनिबडि डिजाइन र मात्र ६.९ मिलिमीटरको मोटाईले यसले सहज वन ह्याण्डेड ग्रिप प्रदान गरेको छ । साथै, ६ इन्चको फोन भएता पनि प्रभावशाली ढंगले यसको तौल मात्र १८८ ग्राम रहेको छ ।

लामो समयसम्म चल्ने ब्याट्री

लामो समयसम्म टिक्ने ४,००० एमएएच ब्याट्रीका साथै फास्ट चार्जिङ्ग टेक्नोलोजीका साथ प्रयोगकर्ताहरुलाई  सामसंग ग्यालेक्सी सि नाइन प्रोले गेमरर्स् तथा हेभी मल्टिमिडिया यूजरहरुलाई थप आकर्षण प्रदान गरेको छ । यस स्मार्टफोनले यूएसबी टाइप सी सपोर्ट गरेको छ जसले अभैm छिटो डाटा ट्रान्सफर हुन मदत गर्छ । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न यसमा दुईवटा सिमकार्ड स्लट र एक छुट्टै माइक्रोएसडी कार्ड स्लट रहेको छ ।

उक्त फिचर्सहरु बाहेक पनि सामसंग ग्यालेक्सी सि नाइन प्रोले नेपालको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न “लोकल” फिचर्सहरु जस्तै एस सेक्योर, एस पावर प्लानिंग, र अल्ट्रा डाटा सेभिंग प्रस्तुत गरेको छ जसले यस स्मार्टफोनलाई अन्य भन्दा निकै फरक प्रस्तुती बनाएको छ ।

सामसंग ग्यालेक्सी सि नाइन प्रो ब्ल्याक् र गोल्ड गरी २ वटा रंगहरुमा देशभर ५९,९९० रुपैंयामा उपलब्ध हुने कम्पनीले जनाएको छ  ।