सिजीको डिजिटल स्टोर नयाँ बजारमा स्थापना

काठमाडौं, २२ फागुन । सिजी इलेक्ट्रोनिक्स प्रालिले आफ्ना उपभोक्ताहरुलाई सुविधा प्रदान गर्न सिजी डिजिटल स्टोर नयाँबजारमा स्थापना गरेको छ ।

कम्पनीको स्टेट अफ आर्ट शोरुममा अडियो भिजुअल, होम एप्लाएन्सेज, स्मल होम एप्लाएन्सेज उपलब्ध रहेको छ ।

शोरुममा एलजी, सिजी, तोसिबा, गोदरेज, टिसिएल, केल्भिनेटर, सेन्साइ, केन्ट, पिजिअन, माहाराजालगायतका ब्राण्डका सम्पूर्ण उत्पादनहरु राखिएका छन् । यसका साथै सिजी स्मार्टफोन, इन्टेक्स स्मार्टफोन, तथा एलजीका स्मार्टफोनहरु पनि सूपथ मुल्यमा उपलब्ध रहेको जानकारी दिईयो ।

ग्राहकहरुले नयाँ स्टोरका साथै कम्पनीको आधिकारिक वेबसाइट सिजीडिजिटल डटकम डट एनपीबाट पनि सामाग्रीहरु किन्न सक्नेछन् ।

नयाँ डिजिटल स्टोर स्थापना भएको उपलक्ष्यमा स्टोरमा रहेका सिमित मोडलहरुमा शुभारम्भको लागि २५ प्रतिशत छुट दिने जनाएको छ ।