पशुपति पेन्ट्सद्वारा महापर्वको रङ्गोत्सव योजनाको विजेता घोषणा

काठमाडौं, २० फागुन । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव योजनाको विजेताको घोषणा गरेको छ । कम्पनीको बबरमहल स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विजेताको छनोट गरेको हो ।

भाद्र १५ देखि मंसिर अन्तिमसम्म आयोजित सो योजनामा सान्त्वना पुरस्कारका रुपमा १६ जनालाई १० तोला चाँदी, छैटौं पुरस्कारका रुपमा ८ जनालाई ५ ग्राम सुन, पाँचौ पुरस्कारका रुपमा ८ जनालाई स्मार्टफोन, चौथौँ पुरस्कारका रुपमा चार जनालाई २ सय २० लिटरको फ्रिज र तेस्रो पुरस्कारका रुपमा चार जनालाई वासिङ मेसिनको ब्यवस्था गरिएको थियो ।

त्यसैगरी दोस्रो पुरस्कार विजेताले ४२ ईञ्चको स्मार्ट टेलिभिजन हातपार्ने जानकारी कार्यक्रम मार्फत दिइयो । उपहार योजनाको बम्पर उपहारका रुपमा ३ सय ५० सीसीको रोयल एन्फिल्ड मोटरसाइकल १ जनालाई प्रदान गरिने बताइएको छ ।