हेर्नुहोस सामसंगको ग्यालेक्सी एस ८ यस्तो छ

काठमाडौं, १८ फागुन । सामसंगले यहि मार्च २९ तारिखमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ सार्वजनिक गर्दैछ । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) को बारेमा निकै जानकारीहरु बाहिर आइरहेका छन् ।

यसैबेलामा सामसंगको अपकमिंग ग्यालेक्सी एस ८ स्मार्टफोनको तस्विर बाहिर आएको छ । यसको प्रेस इमेज लीकस्टार इभान ब्लासले सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको फोटो एस ८ को हो वा एस एट प्लस (Galaxy S8+) को हो भन्ने जानकारी भने छैन् ।

फोटो हेर्दा यसको दुबै तर्फको डिस्प्ले घुमाउदार रहेको छ । यसको माथिल्लो भागमा आइरिस स्क्यानर राखिएको छ भने भोल्यूम तथा पावर बटन बाँया तथा दायाँ तर्फ राखिएको देखिन्छ ।

सामसंग ग्यालेक्सी एस ८ फोनको बाँया भागमा भोल्यूमभन्दा तल्लो भागमा अतिरिक्त बटन राखिएको छ, संभवत यो बटन बिक्स्बी एआई बटन हो । यो फोनको तस्विर हेर्दा यसमा फिजिकल अगाडिको भागमा फिजिकल बटन छैन् ।

सामसंगको ग्यालेक्सी एस८ ५.८ इन्चको हुनेछ भने एस ८ प्लसमा ६.२ इन्चको कभ्र्ड सूपर एमोलेड डिस्प्ले राखिनेछ ।

फोटोका लागि १२ मेगापिक्सेलको ड्यूल पिक्सेल रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिनेछ ।