गोल्डस्टार जुत्ता अब भाटभटेनीमा

काठमाडौं, १७ फागुन । गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरण शुज म्यानुफ्याक्चरर्सले भाटभटेनीको शाखाहरुमा गोल्डस्टार जुत्ता उपलब्ध गराउने भएको छ । पहिलो चरणअन्तर्गत, गोल्डस्टार जुत्ताहरु महाराजगंज र नकसाल अवस्थित भाटभटेनीको शाखाहरुमा उपलब्ध गराइएको जानकारी दिएको छ ।

कम्पनीको योजना अनुरुप, गोल्डस्टार जुत्ता आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै, चाडै नै हरेक भाटभटेनी शाखाहरुमा उपलब्ध गराउने बताईएको छ ।

वि.सं. २०४६ साल देखि विक्री प्रबद्र्धन सुरु गरिएको गोल्डस्टार जुत्ता, अहिले देशैभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।