लक्ष्मी हेयर एण्ड ब्यूटीको तेश्रो शाखा ललितपुरमा बिस्तार

Technology Khabar १५ फाल्गुन २०७३, आईतवार

लक्ष्मी हेयर एण्ड ब्यूटीको तेश्रो शाखा ललितपुरमा बिस्तार

काठमाडौं ।

काठमाडौं, १५ फागुन । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा नयाँ शाखा बिस्तार गरेको छ । स्टुडियोले आइतबार ललितपुर पुल्चोकस्थित भाटभटेनीमा तेश्रो शाखा खेलेको हो ।

शाखाको उद्घाटन हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुर्मुस, सुन्तलीले गरेका छन् । स्टुडियोले धुर्मुस सुन्तली फाउण्डेसनका लागि ५० हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।

लक्ष्मीहेयर एण्ड ब्यूटी स्टुडियोले काठमाडौंको महाराजगञ्ज र कोटेश्वर भाटभटेनीपछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिला तथा पुरुषले कपाल तथा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवाहरु लिन सक्नेछन । स्टुडियोले एक पटकमा १५ जनालाई सेवा प्रदान गर्न सक्नेछ ।

बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारिवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए ।

ललितपुर क्षेत्रका ग्राहकहरुको अत्यधिक मागका कारण यस क्षेत्रमा शाखा संचालनमा ल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए ।

‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहकहुन, मध्यम वर्गदेखि उच्च घरानियासम्मका लागि लक्षित गर्दै हामीले नयाँ स्टुडियो सञ्चालनमा ल्याएका हौं,’ ठाकुरले बताए ।

Global Bank
easy care

प्रकाशित: १५ फाल्गुन २०७३, आईतवार

ताजा समाचार