असुसले टू-इन-वान नोटबुक मोडल ‘जेनफ्लिप यूएक्स३७०’ ल्याउँदै

काठमाडौं, १३ फागुन । असुसले मोबाइल वल्र्ड कंग्रेस २०१७ मा नयाँ टू-इन-वान ल्यापटप सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले टू इन वान नोटबुक मोडल जेनफ्लिप यूएक्स ३७० (ZenFlip UX370) ल्याउने अनुमान गरिएको चीनियाँ भाषाको इकोनोमिक डेलि न्यूजले जनाएको छ ।

असुसको जेनफ्लिप यूएक्स ३७० नोटबुक अल्ट्रा थिन चेसिस डिजाइन छ भने यसको डिस्प्लेलाई ३६० डिग्रीमा घुमाउन सकिन्छ ।

असुटेकले टू् इन वान मोडलको नोटबुकको बिक्री सन् २०१७ मा ४० प्रतिशतले बढाउने लक्ष्य राखेको कम्पनीका सिईओ जेरी शेनले बताए । सन् २०१६ मा कम्पनीको टू इन वान मोडलको वृद्धि १० प्रतिशत मात्र रहेको थियो ।

नयाँ ल्यापटपमा कोर्टानाका साथै फिंगरप्रिन्ट रिडर पनि राखिनेछ । कम्पनीले यो नोटबुकलाई हिरो नाममा ल्याउने अनुमान गरिएको छ । कम्पनीको यो नोटबुकको बारेमा धेरै जानकारीहरु बाहिर नआएपनि तस्विर भने अनलाइनमा देखिएको छ ।

कम्पनीले यसका साथै अल्ट्र थिन नोटबुकहरुको बिक्री पनि बढ्ने अपेक्षा गरेको छ भने सन् २०१७ मा गेमिंग नोटबुकहरुका साथै टू इन वान मोडलले कम्पनीको सन् २०१७ मा हुने कुल बिक्रीको ५० प्रतिशत हुने अनुमान गरिएको छ । यो प्रतिशत अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढि हो । एजेन्सी