ओबीआई वर्ल्डफोनको मूल्य घट्यो, स्क्रीन गार्ड तथा हेडसेट निशुल्क पाइने

Technology Khabar ११ फाल्गुन २०७३, बुधबार

ओबीआई वर्ल्डफोनको मूल्य घट्यो, स्क्रीन गार्ड तथा हेडसेट निशुल्क पाइने

काठमाडौं ।

काठमाडौं, ११ फागुन । ओबीअाइ वर्ल्डफोनको (Obi Worldphone) आधिकारिक बितरक स्टार्क टेकले ओबीअाइ वर्ल्डफोनहरुको मूल्यमा कटौती गरेको छ ।

कम्पनीले ओबीअाइ एसएफ वान, ओबीअाइ एसजे १.५ तथा ओबीअाइ एमभी वान स्मार्टफोनहरुको मुल्य घटाएको हो । यसका साथै कम्पनीले स्क्रीन गार्ड तथा हेडसेट निशुल्क दिने भएको छ ।

कम्पनीले ठूलो जोखिमका साथ नयाँ मूल्य कायम गरेको भन्दै यसले आफ्ना उपभोक्ताहरुको बारेमा ध्यान दिएको दाबी गरेको छ ।

कम्पनीले ओबीअाइ एसएफ वानको नयाँ मूल्य २ जीबी र्याम र १६ जीबी स्टोरजका लागि १९ हजार ४ सय९९ रुपैंया तथा ३ जीबी र्याम र ३२ जीबी स्टोरेजका लागि २३ हजार ६ सय ९९ रुपैंया कायम गरेको छ । त्यसैगरी ओबीअाइ एमभी वानको नयाँ मूल्य १५ हजार ७ सय ९९ रुपैंया तोकेको छ भने ओबीअाइ एसजे १.५ को नयाँ मूल्य १२ हजार ९ सय ९९ रुपैंया तोकिएको छ ।

कम्पनीले लागू गरेको नयाँ मूल्य नेपालरभरी उपलब्ध रहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ११ फाल्गुन २०७३, बुधबार

ताजा समाचार