बुधवारदेखि जुत्ता मेला हुँदै, २५ प्रतिशतसम्म छुट पाइने

Technology Khabar १० फाल्गुन २०७३, मंगलवार

बुधवारदेखि जुत्ता मेला हुँदै, २५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं ।

काठमाडौं, १० फागुन । नेपाल छाला जुत्ता उत्पादक संघले फागुन ११ देखि जुत्ता मेला आयोजना गर्ने भएको छ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने नाराका साथ फागुन ११ गतेदेखि हुने मेला ९ दिनसम्म चल्ने छ ।

मेलामा स्वदेशी कम्पनीहरुका ६० वटाभन्दा धेरै स्टल रहने छन् । मेलामा पाँच सय देखि ३५ सय रुपैयाँसम्ममा जुत्ता उपलब्ध हुनेछ । चप्पल र जुत्तामा ६ महिनाको वारेन्टीका साथै १५ देखि २५ प्रतिशतसम्म छुटको दिने आयोजकले सोमवार आयोजित पत्रकार सम्मेलनमा जारी दिए । मेलामा खरिद गरिएका जुत्ता सट्टापट्टा गर्न सकिन्छ ।

नेपाली उत्पादनले देशमा खपत हुने छाला जुत्ताको ६० प्रतिशत बजार ओगटेको संघले जनाएको छ ।

easy care

प्रकाशित: १० फाल्गुन २०७३, मंगलवार