अब आफ्नै कारमा उड्न पाइने, सडक र आकाश दुबै स्थानमा चलाउन सकिने

काठमाडौं, ६ फागुन । उड्ने कार भन्ने बित्तिकै सबैजनालाई हलिउडको सिनेमाको याद आउँछ । विभिन्न सिनेमाहरुमा हेर्दै आएको र कल्पना गर्दै आएको उड्ने कार अब भने सत्य भएको छ ।

डच कम्पनीले विश्व बजारमा उड्ने कार सार्वजनिक गरेको छ । डच कम्पनी पाल भीले (PAL-V) लिबर्टी (Liberty) नामक उड्ने कार बनाएर सार्वजनिक गरेको हो ।

यो कारको विशेषता भनेको यसलाई सडकमा कुदाउन सकिन्छ र हावामा उडाउन पनि सकिन्छ ।  हाल यो कार सार्वजनिक भएपनि यो तत्काल किन्न भने पार्इने छैन् ।

लिबर्टी उड्ने कारको बुकिंग शुरु भईरहेको छ र यसको पहिलो हस्तान्तरण सन् २०१८ को अन्त्यसम्ममा पुरा हुनेछ । पाल भीका सिईओकाअनुसार यो वर्षौको मिहिनेतले प्राविधिक बाधाहरुलाई पछाडि छोडेर उड्ने कार बनाईएको हो । यो कार सबै सुरक्षा मापदण्डमा सफल भईसकेको बताईएको छ ।

यो कारमा तीनवटा चक्काहरु राखिएको छ, जसले आकाशमा उड्दा दुईजनालाई उडाउन सक्दछ । यो हेर्दा निकै स्टाइलिस छ भने यसलाई कारबाट उड्ने जाइरोकप्टरको रुपमा परिवर्तन गर्न करिब १० मिनेट लाग्ने बताईएको छ । यो कारको पंखा सडकमा गुड्दा खुम्चिएर कारको रुपमा आउँछ ।

यो कारमा फोर सिलिंडर इन्जिन राखिएको छ, जसले २३० हर्सपावर क्षमताको छ । कारले हावामा उड्दा ११२ माइल प्रति घण्टाको गतिमा उड्न तथा तथा ११० माइल प्रति घण्टाको गतिमा गुड्न सक्दछ ।

यो कारको मूल्य भने निकै महंगो रहेको छ । यसको मूल्य ३,९९,००० अमेरिकी डलर तोकिएको छ । त्यसैगरी यसको प्रिमियम एडिसन– पायोनियर एडिसन्स भनिएकोलाई ५,९९,००० अमेरिकी डलर तिनुपर्ने हुन्छ ।

यो कार चलाउनका लागि भने कार चालकको लाइसेन्स मात्र भएर पुग्दैन् । प्रयोगकर्तासँग पाइलटको लाइसेन्स हुनुपर्नेछ ।

तर जाइरो प्लेन लाइसेन्स लिनका लागि भने व्यक्तिको क्षमताको आधारमा ३० देखि ४० घण्टाको तालिमपछि सहजै लाइसेन्स पाइने कमपनीले उल्लेख गरेको छ ।

भिडियाे यहाँ हेर्नुहाेस्-

माध्यम