जिओनी एमफाइभ लाइटको मूल्य घट्यो, अब रु‍.१७,९९९/- मै किन्न सकिने

Technology Khabar ४ फाल्गुन २०७३, बुधबार

जिओनी एमफाइभ लाइटको मूल्य घट्यो, अब रु‍.१७,९९९/- मै किन्न सकिने

काठमाडौं ।

काठमाडौं, ४ फागुन । जिओनी कम्पनीले लोकप्रिय मोबाइल सेट एमफाइभ लाइट (M5 Lite) को मूल्यमा कटौती गरेको छ ।

कम्पनीले एमफाइभ लाइट १७ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध गराउने भएको छ । यस अघि उक्त मोबाइल सेटको मूल्य १९ हजार ९ सय ९९ रुपैंया रहेको थियो । नेपाली मोबाइल बजारमा जिओनीको माग निरन्तर बढेको र सोही अनुसार बिक्री संख्या पनि बढ्दै गएकोले मूल्यमा केही कटौती गर्न सकिएको कम्पनीले दाबी गरेको छ ।

एमफाइभ लाइट जिओनीको ठूलो व्याट्री रहने म्याराथोन सिरिजको सबैभन्दा नयाँ मोडल हो । एमफाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५ इन्चको एच डी स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियल क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।  फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ ।

फोनको सबैभन्दा आर्कषक पक्ष भनेको यसको ४००० एमएएचको ब्याट्री हो, जुन साधारण फोन व्याट्री भन्दा दुई गुणा बढी क्षमताको छ । यो फोनमा ३ जिवी र्याम र ३२ जिबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डबाट १२८ जिबी थप्न सकिने छ ।

फोनमा जियोनीको आफ्नै सफ्टवेयर अमिगो ३.१, जुन एन्ड्रोइड ५.१ मा आधारित छ । एमफाइभ लाइटले एकै समयमा रिभर्स ओ टी जी प्राविधी मार्फत दुई अन्य फोन चार्ज गर्न सक्दछ । एमफाइभ लाइट  “श्याम्पेन गोल्डेन” रंगमा पनि उपलब्ध रहेको कम्पनीेले जानकारी दियो ।

easy care

प्रकाशित: ४ फाल्गुन २०७३, बुधबार