नोकियाले पुरानो फिचर फोन ‘नोकिया ३३१०’ फेरि बजारमा ल्याउने

Technology Khabar ३ फाल्गुन २०७३, मंगलवार

नोकियाले पुरानो फिचर फोन ‘नोकिया ३३१०’ फेरि बजारमा ल्याउने

काठमाडौं ।

काठमाडौं, ३ फागुन । नोकियाका नयाँ फोनहरु आउने क्रम जारी रहेको छ । कुनै बेला चर्चित मोबाइल ब्राण्ड नोकियाले नयाँ फोनहरु सार्वजनिक गरेर बिस्तारै बजारमा फर्किने शुरु गरेको छ ।

नोकियाका फोनहरु बनाउने कम्पनी एचएमडी ग्लोबलले बार्सिलोनामा हुने एमडब्लूसी २०१७ (MWC 2017) मा विभिन्न स्मार्टफोनहरुका साथै फिचर फोन पनि सार्वजनिक गर्ने चर्चा बाहिर आएको छ ।

नोकियाले आफ्नो निकै चर्चित फिचर फोनलाई आधुनिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको बताईएको छ । कुनै समयको चर्चित मोडल नोकिया ३३१० (Nokia 3310) को नयाँ भर्सन पनि सार्वजनिक गर्न लागेको हो । यो मोबाइल फोन कम्पनीको सबैभन्दा धेरै बिक्री भएको र प्रयोगमा आएको मोडल हो ।

नोकिया ३३१० फिचर फोन मात्र भएपनि यो नोकियाको ब्राण्डलाई उत्कृष्ट देखाउने मोडलको फोन हो । याे फोन त्यसबेला विश्वभर १० करोड सेट बिक्री भएको थियो ।

नोकिया ३३१० फिचर फोन सन् २००० मा सार्वजनिक भएको थियो र त्यसबेला टिकाउपना, सस्तो मूल्य, बलियो र अधिक चल्ने ब्याट्री तथा अन्य कयौं फिचरहरुका कारण फोन प्रयोगकर्ताहरुका बिचमा लोकप्रिय भएको थियो ।

जे भएता पनि नोकियाले ३३१० फोनलाई पुन आधुनिकरुपमा ल्याउने हो वा होइन भन्ने अझैपनि स्पष्ट छैन त्यसको लागि मोबाइल वल्र्ड कंग्रेस २०१७ सम्म कुनैपर्ने हुन्छ ।

नोकियाले उक्त सम्मेलनमा एन सिरिजका फोनहरु नोकिया ३ (Nokia 3) तथा नोकिया ५ (Nokia 5) सार्वजनिक गर्ने अनुमान गरिएको छ, जुन एन्ड्रोयड नुगटमा आधारित बजेट स्मार्टफोन हुनेछन भने माथिल्लो तहको नोकिया सिक्स स्मार्टफोन पनि ल्याउने अनुमान गरिएको छ ।

नोकिया सिक्स (Nokia 6) स्मार्टफोन हाल चीनियाँ बजारमा मात्र उपलब्ध रहेको छ ।

एजेन्सी

easy care

प्रकाशित: ३ फाल्गुन २०७३, मंगलवार