कुलप्याड ब्राण्ड बजारमा, कुल वान सार्वजनिक, १३ मेगापिक्सेलकाे ड्यूल रियर क्यामरा

काठमाडौं, ३ फागुन । नेपाली बजारमा नयाँ माेबाइल ब्राण्ड कुलप्याड (Coolpad)  भित्रिएको छ । कुलप्याडको लागी एक मात्र नेपाली अाधिकारिक बितरक कम्पनी जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले साेमबार एक कार्यक्रमका बिच कुलप्याड बजारमा अाएकाे घाेषणा गरेकाे छ ।

कार्यक्रममार्फत कुलप्याडको कुल वान (Cool1) स्मार्टफोन नेपालमा सार्वजनिक गरिएको छ । यसका साथै कम्पनीले नाेट थ्रीएस, मेगा ३, मेगा २‍‍.५डी पनि सार्वजनिक गर्याे । जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कुलप्याडका ग्लाेबल सीइअाे जेम्स डुले कुल वान स्मार्टफोन सार्वजनिक गरे ।

५.५ इन्च भएको यो स्मार्टफोनमा फूलएचडी डिस्प्ले रहेको छ भने एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा संचालन हुन्छ ।

क्वालकम स्न्यापड्रागन ६५२ अक्टा कोर प्रोसेसर राखिएको यो स्मार्टफोनमा ४ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलार्इ माइक्राे एसडी कार्डमार्फत बढाउन सकिन्छ ।

कुल वानकाे सबैभन्दा मुख्य विशेषता भनेकाे यसमा रहेकाे १३ मेगापिक्सेलकाे ड्यूल रियर क्यामरा हो। फोनमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ  ।

ड्यूल रियर क्यामरा भएको फोनले नेपाली स्मार्टफोन प्रयोगकर्तालाई सन्तुष्टी दिने कुलप्याडका ग्लोबल सीइओ जेम्स डुले बताए ।

यो फोनको अर्को विशेषता भनेको यसमा फोरजी एलटिई ड्यूल नानो सिम सपोर्ट गर्दछ भने ड्यूल स्ट्याण्डबाइ सिस्टम रहेको छ । त्यसैगरी फिंगरप्रिन्ट सेन्सर, यूएसबी टाइप-सी, क्विक चार्ज सपोर्ट राखिएको छ ।

यसमा ४,०६० एमएएचको ब्याट्री प्याक राखिएको छ जसले १२ घण्टासम्मको टकटाइम दिने कम्पनीको दाबी छ ।

नेपाली स्मार्टफोन प्रयोगकर्तालाई नौलो स्वादको रुपमा चीनियाँ मोबाइल कुलप्याड नेपाली बजारमा भित्रिएको छ ।

कुलप्याडका स्मार्टफाेनहरु बजारमा नै टेक्नाेलाेजिकली एडभान्स भएको हुँदा यसले ग्राहकहरुलाई भरपुर संन्तुष्टि दिने जयमाँ इन्टकन्टिनेन्टलका अध्यक्ष श्रेष्ठले बताए ।

कुल वान स्मार्टफोनको मूल्य ३० हजार ९ सय ९६ रुपैयाँ रहेको छ ।