सामसंग ग्यालेक्सी एस ८ सिरिजमा ६.२ इन्चको “ग्यालेक्सी एस ८ प्लस’ आउने

Technology Khabar २ फाल्गुन २०७३, सोमबार

सामसंग ग्यालेक्सी एस ८ सिरिजमा ६.२ इन्चको “ग्यालेक्सी एस ८ प्लस’ आउने

काठमाडौं ।

काठमाडौं, २ फागुन । सामसंगको ग्यालेक्सी एस ८ स्मार्टफोन सार्वजनिक हुने दिन नजिक आउँदै गर्दा यसको बारेमा थप जानकारीहरु बाहिर आएका छन्।

सामसंगले ग्यालेक्सी एस एट सिरिजमा दुईवटा मोडलहरु सार्वजनिक गर्ने तयारी गरेको खुलासा भएको छ । कम्पनीले ५.८ इन्चको ग्यालेक्सी एस ८ तथा ६.२ इन्चको ग्यालेक्सी एस ८ प्लस सार्वजनिक गर्ने तयारीमा रहेको छ । कम्पनीले ठूलो स्क्रीन भएको स्मार्टफोनहरु ग्यालेक्सी नोट सेभेनको प्रयोगकर्ताहरुको चाहना पुरा गर्न ल्याउन लागेको बताईएको छ । ठूलोस्क्रीन भएको स्मार्टफोनलाई कम्पनीले ग्यालेक्सी एस ८ प्लस (Galaxy S8+) नाम दिएको छ ।

६.२ इन्च भएको ग्यालेक्सी एस ८ प्लस स्मार्टफोनको लोगो भने हालै बाहिर आएको छ । चर्चित लिकर इभान ब्लासले ट्विटरमा सामसंगको ग्यालेक्सी एस ८ प्लस स्मार्टफोनको आधिकारिक लोगो ‘लीक’ गरेका हुन् । जसमा (+) प्लसको चिन्ह पनि राखिएको छ ।

ग्यालेक्सी एस ८ प्लस स्मार्टफोनमा यसको सानो स्क्रीन साइजका विशेषताहरु भन्दा केहि फरक रहेको अनुमान गरिएको छ । यसमा १२८ जीबीको स्टोरेज राखिने छ जून एस ८ को ६४ जीबीभन्दा निकै धेरै हुनेछ ।

दुबै मोडलमा स्न्यापड्रागन ८३५ चीपसेट हुनेछ भने अटोफोकससहितको फ्रन्ट क्यामरा, एस भ्वाइसमा आधारित नयाँ आर्टिफिसियल इन्टेलिजेन्स बिक्स्बी, आइरिस स्क्यानर, र सायद एस पेनको पनि सुविधा हुने अनुमान गरिएको छ । यसका साथै एस ८ मोडलका दुबै फोनहरु ड्यूल कभ्र्ड डिस्प्लेसहित आउनेछन् ।

सामसंगको ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस संभवत मार्चको अन्त्यमा वा अप्रिलको मध्यमा सार्वजनिक हुनसक्नेछ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २ फाल्गुन २०७३, सोमबार