साओमीको एमआई ५एस प्लस बजारमा, १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा

Technology Khabar १ फाल्गुन २०७३, आईतवार

साओमीको एमआई ५एस प्लस बजारमा, १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा

काठमाडौं ।

काठमाडौं, १ फागुन । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन एमआई ५एस प्लस (Mi 5s Plus) ल्याएको छ । कम्पनीले एमआई सिरिजको परिमार्जित नयाँ सुविधा र प्रविधि थप गरिएको एमआई ५ एस प्लस ल्याएको हो ।

यो स्मार्टफोनमा ५.७ इन्चको फूलएचडी आइपीएस डिस्प्ले राखिएको छ भने यसमा ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

क्वाडकाेर क्वालकम स्न्यापड्रागन ८२१ चीपसेटद्धारा संचालन हुने यो स्मार्टफोनमा ३,८०० एमएएच ब्याट्री प्याक राखिएको छ ।

फोटोका लागि यसमा १३ मेगापिक्सेलको ड्यूल रियर स्मार्टफोन राखिएको छ भने सेल्फीका लागि ४ मेगापिक्सेलको अल्ट्रापिक्सेल क्यामरा छ ।

फूल मेटल बडि यूक्त एमआई ५एस प्लस स्मार्टफोनमा अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर छ भने ड्यूल सिम तथा फोरजी सपोर्ट रहेको छ । यो फोन एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा आधारित एमआईयूआई ८ अपरेटिंग सिस्टममा चल्दछ ।

नेपाली बजारमा एमआई ५एस प्लस स्मार्टफोनको मूल्य ५२,९९९/- रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले विश्व बजारमा स्मार्ट फोन र विभिन्न इलेक्ट्रोनिक सामाग्रीहरुको डीजाइन, उत्पादन र प्रवद्र्धन गदै आइरहेको छ । सन् २०१० अप्रिल ६ मा स्थापित भएको यो कम्पनी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनी रुपमा स्थापित भएको छ । सन् २०१५ को अन्त्यसम्ममा साओमीले ७ करोड स्मार्ट फोन विक्री गर्न सफल भएको थियो ।

easy care

प्रकाशित: १ फाल्गुन २०७३, आईतवार