सामसंग सि नाइन प्रोको प्रि-बुकिंग आजदेखि, ५ हजार रुपैंया धरौटी राख्नुपर्ने

Technology Khabar १ फाल्गुन २०७३, आईतवार

सामसंग सि नाइन प्रोको प्रि-बुकिंग आजदेखि, ५ हजार रुपैंया धरौटी राख्नुपर्ने

काठमाडौं ।

काठमाडौं, १ फागुन । सामसंगले आजबाट ग्यालेक्सी सि नाइन प्रोको (Samsung Galaxy C9 Pro) प्रि बुकिंग शुरु गरेको छ । कम्पनीले हालै चीनभन्दा बाहिरी बजारमा बिक्री शुरु गरेको सि नाइन प्रो स्मार्टफोन नेपालमा पनि भित्र्याउन लागेको हो । यसको लागि हाल सामसंगले प्रि बुकिंग शुरु गरेको छ ।

प्रि-बुकिंग फर्मकाे नमुना

प्रि-बुकिंग गर्ने ग्राहकहरुले सि नाइन प्रोसँग विभिन्न किसिमका स्योर सट उपहार पनि प्राप्त गर्नेछन् । स्योर सटमा ग्यालेक्सी जे टू एस, सामसंग लेभेन यू प्रो तथा १,००० रुपैंयाको क्यासब्याक प्राप्त गर्नेछन् ।

कम्पनीले यो स्मार्टफोन केहि दिन अघि आयोजना भएको क्यान इन्फोटेक २०१७ मा प्रदर्शनमा राखेको थियो । उक्त समयमा यो स्मार्टफोनको मूल्य ५९,९९०/- रुपैंया रहेको जानकारी दिईएको थियो ।

भारतीय बजारमा पनि सामसंगले शुक्रबारदेखि नै यो फोनको प्रि-बुकिंग गरेको थियो । उक्त प्रि बुकिंगमा आज आइतवारसम्म प्रि बुकिंग गर्ने ग्राहकहरुलाई १२ महिनासम्मको निशुल्क डिस्प्ले रिप्लेसमेन्टको सुविधा दिईएको छ ।

भारतीय बजारमा सि नाइन प्रो  स्मार्टफोन १२ फरवरीदेखि अर्थात आजदेखि शिपमेन्ट शुरु हुन लागेको छ ।

भारतीय बजारमा यो स्मार्टफोन ब्ल्याक र गोल्ड कलर अप्सनमा आउनेछ भने यसको मूल्य भारु ३६,९००/- तोकिएको छ ।
नेपाली बजारमा यो फोन बुकिंग गर्दा अग्रिम ५,०००/- रुपैंया बुझाउनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

फाेनकाे बारेमा

सामसंगले ल्याएको ग्यालेक्सी सि नाइन प्रो स्मार्टफोनमा ६ जीबीको र्याम राखिएको छ, जून सामसंगको उच्च क्षमताको र्याम भएको पहिलो स्मार्टफोन हो । यसमा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

ग्यालेक्सी सि नाइन प्रोमा ६४ बिट क्वालकमको अक्टा-कोर प्रोसेसर राखिएको छ, जसले निरन्तर मल्टिमिडिया, गेमिंग र विभिन्न एप्स प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोनमा १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा राखिएको छ जसमा सूपर वाइड एफ १.९ एपार्चर छ । यसमा सेल्फीका लागि ड्यूल एलईडी फ्ल्याश राखिएको छ । यसको क्यामराले फूल एचडी भिडियो रेकर्ड गर्न सकिन्छ भने फोरके भिडियो हेर्न सकिन्छ ।

फोनमा ४, ००० एमएएचको ब्याट्री राखिएको छ भने फास्ट चार्जिंग प्रविधि उपलब्ध छ । यूएसबी टाइप-सी सपोर्ट गर्ने यो स्मार्टफोनमा दुई सिम कार्ड प्रयोग गर्न सकिन्छ, साथै माइक्रो एसडी कार्डको लागि छुटै स्लट राखिएको छ ।

फोनमा एक्सेलेरोमिटर, प्रोक्सिमिटी, एलईडी लाइट, फिंगरप्रिन्ट स्क्यानरलगायतका सेन्सरहरु राखिएका छन भने नियरफिल्ड कम्यूनिकेसन प्रविधि पनि छ ।

एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सन अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोन १८८ ग्रामको छ भने ६.९ मिलिमिटरको मोटाइ रहेको छ ।

याे पनि हेर्नुहाेस्-

सामसंग ग्यालेक्सी सि नाइन प्रो आउँदै, क्यान इन्फोटेकमा प्रदर्शन गरिने

easy care

प्रकाशित: १ फाल्गुन २०७३, आईतवार