कोका–कोला मोःमोत्सव फेरी आयो

काठमाडौं, २७ माघ । गत वर्षको मोःमोत्सवको सफलतापछि कोका–कोलाले आफ्ना उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ । कोका–कोला र खानाको विश्वव्यापी परम्परा रहेको छ र लाखौं उपभोक्ताहरुको दैनिक मनपर्ने कम्बो भोजन पनि हो ।

कोका–कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालयहरु सँगको सहकार्यमा कोकाकोला मोःमोत्सव गत वर्ष देखि आयोजना गर्दै आएको छ ।

यस बर्षको मोःमोत्सव महोत्सव हिजोदेखि शुरु भएको छ भने यो मध्य मार्चसम्म आयोजना हुनेछ । यो अभियानको एक भागको रुपमा चर्चित कलाकार प्रियंका कार्की र नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् । विभिन्न आउटलेटहरुमा कोका–कोला र मोःमोको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले सोहि स्थानमा भेट्ने छन र उनीहरुले विभिन्न रमाइला पुरस्कारहरु जित्न सक्ने बताईएको छ ।

मोःमोत्सव अभियानमा मोःमो खाने विशेष प्रतिस्पर्धा पनि राखिएको छ, जसको लागि फुटबल खेलाडी जसले यो प्रतिस्पर्धामा जित्न सक्दछ जस्तो लाग्दछ त्यसलाई आफूले समर्थन गर्न सकिनेछ ।

यो मोःमोत्सवको अवधिमा प्रियंका कार्कीले तपाईँको महत्वपूर्ण व्यक्तिलाई आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि तपाईँलाई सहयोग गर्नेछिन् ।

विभिन्न आउटलेटहरुमा विभिन्न कार्यक्रमहरुका साथ यो महिनाभर तपाईँले सरप्राइजका प्राप्त गर्नका लागि प्रतिक्षा गर्नुहोस् रतपाईँले कोका–कोलाको आधिकारिक फेसबुक पेज पनि फलो गर्न सकिने बताईएको छ । यसको लागि ग्राहकहरुले कोका–कोलाको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ ।

मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुनेछ ।