अब फोरजीसहितको फिचर फोन, लाभाको ‘फोरजी कनेक्ट एम वान’

Technology Khabar २६ माघ २०७३, बुधबार

अब फोरजीसहितको फिचर फोन, लाभाको ‘फोरजी कनेक्ट एम वान’

काठमाडौं ।

काठमाडौं, २६ माघ । भारतीय स्मार्टफोन कम्पनी लाभाले पहिलो फोरजी प्रविधिसहितकाे फिचर फोन सार्वजनिक गरेको छ ।

लाभाले भारतीय बजारमा सार्वजनिक गरेको फोरजी भीओएलटिई फोनको नाम लाभा फोरजी कनेक्ट एम वान (Lava 4G Connect M1) राखिएको छ । कम्पनीकाअनुसार आउँदो केहि दिनमा नै यो डिभाइस भारतीय रिटेल स्टोरहरुमा बिक्रीका लागि राखिनेछ ।

कम्पनीकाअनुसार यो फोरजी भीओएलटिई प्रविधिसहितको पहिलो भारतीय फिचर फोन हो ।

लाभाको फोरजी फिचर फोनमा २.४ इन्चको डिस्प्ले छ भने १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसरका साथमा आउँछ। यसमा ५१२ एमबीको र्याम छ भने ४ जीबीको स्टोरेज राखिएको छ, जसलाई ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोनमा फोटोका लागि भीजीए क्यामरा राखिएको छ भने यसमा १,७५० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

यो फोनमा फोरजीको साथै २ जी भ्वाइस कलिंग तथा एज कनेक्टिभिटीको सुविधा पनि छ ।

easy care

प्रकाशित: २६ माघ २०७३, बुधबार

ताजा समाचार