एभरेष्ट वैंकको सौगात बचत खाता पुन शुरु, आकर्षक ब्याज दिने

काठमाडौं, २५ माघ । एभरेष्ट बैंकले आफ्नो एक बिशेष योजना सौगात बचत खाता लाई आकर्षक ब्याजदरका साथ पुनः शुरुवात गरेको छ । बचत तथा मुद्धती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको छ ।

उपभोक्ताले यस खातालाई बचत खाताको रुपमा प्रयोग गर्न सक्दछन् र लामो अवधिको लागी रहने रकममा अति आकर्षक ब्याजदर पाउछन् । साथै यो बचत खाता संचालन र लगानीको हिसाबमा एकदमै उपयुक्त छ जसमा ग्राहकले ७% देखि ९% सम्म ब्याज प्राप्त गर्ने बैंकले जानकारी दियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।