Monthly Archives: January 2017

क्यान इन्फोटेक सम्पन्न, ३ लाख १० हजार अवलोकनकर्ता

काठमाडाैं, १८ माघ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । प्रदर्शनीको अन्तिम दिन आज ५५ हजार ७ सय जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख १० हजार जनाले इन्फोटेक अवलोकन गरेकाे आयोजकले जानकारी दिए । ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र ...

Read More »

हिमालय एअरलाईन्सकाे दोस्रो नयाँ विमान अवतरण

काठमाडौं, १८ काठमाडाैं । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सको दोस्रो नयाँ विमान ए ३२० मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । जर्मनीबाट उडान गरिएको, नाइन एन–एएलभी रजिष्ट्रेशन नम्बरको विमान अवतरणको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा नेपाल नागरिक उड्डयनका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय लगायत प्राधिकरणका पदाधिकारीहरु उपस्थित रहेको कम्पनीले जानकारी दिएको छ ...

Read More »

एप्पल वल्र्डको ‘एक्सचेन्ज धमाका रिटर्न्स’ अफर, युएमआइ मोबाइल किन्दा अर्को सित्तैमा

काठमाडौं, १८ माघ । एप्पल वल्र्ड मोबाइल प्रालिले पुनः एकपटक एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ । आजबाट फागुन १० गते सम्मका लागि ल्याइएको एक्सचेन्ज अफरको अवधीमा १ हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान गरिएको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने याेजना ल्याएकाे हाे । ...

Read More »

पल्सर मोटरसाइकलको नयाँ शोरुम महेन्द्रनगरमा

महेन्द्रनगर, १६ माघ । एचएच बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम के. एम. इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुर भासी–२ मा संचालनमा ल्याएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । शोरुमको सहयोगले एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ अपेक्षा ...

Read More »

सिजी ब्राण्डको दशौं वार्षिकोत्सव, ६५ इन्चकाे यूएचडी टिभी सार्वजनिक

काठमाडौं, १६ माघ । सिजी ब्राण्डको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा सिजीले काठमाडौंमा राष्ट्रिय स्तरको पार्टनर्स मिट सम्मेलन आयोजना गरेको छ । पार्टनर्स मिटमा देशभरबाट ३ सय भन्दा बढी डिलरहरु सहभागी भएका कम्पनीले जानकारी दिएको छ । उक्त पार्टनर्स मिटको अवसर पारेर कम्पनीले ६५ इन्चको अल्ट्रा हाइ डेफनिसन टिभी, ट्रली स्पीकर, सिल्भर कलरको हार्ड टप डोर फ्रिजर पनि सार्वजनिक गरियो । ...

Read More »

जियोनि स्मार्टफोनकाे अपेडट समस्याले प्रयोगकर्ताहरु प्रभावित

काठमाडाैं, १४ माघ । आज जियोनि स्मार्टफोन प्रयोगकर्ताहरुको फोनमा अचानक समस्या आएको छ । मोबाइलको सफ्टवेयरमा देखिएको समस्याका कारण नेपालका अधिकांश जियोनि फाेन प्रयोगकर्ताहरुको फोनमा समस्या आएको हो । जियोनिको केहि मोडलका स्मार्टफोनहरुमा समस्या आएको हुँदा आज अधिंकाश जियोनि फोन प्रयोगकर्ताहरुको फोनमा समस्या आएको हो । कम्पनीकाअनुसार पि फाइभ, एस सिक्स एसलगायतका केहि मोडलहरुमा सफ्टवेयर अपडेट हुन नसक्दा समस्या देखिएको ...

Read More »

मोबाइल एक्स्पो शुरु, मोबाइल उद्योग खोल्न उद्योगमन्त्रीको आग्रह

ललितपुर, १४ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा आजदेखि मोबाइल एक्स्पो २०१७ शुरु भएको छ । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल एक्स्पोको उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमबा बिच गरे । कार्यक्रममा बोल्दै उद्योग मन्त्री जोशीले मोबाइलको उद्योग खोल्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्दै सरकारले सहयोग गर्ने विश्वास दिलाए ...

Read More »

क्यान इन्फोटेक शुरू, १० वर्षपछि ‘र्इ-नेपाल’ बन्ने अर्थमन्त्रीकाे भनार्इ

काठमाडौँ, १३ माघ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन ...

Read More »

पेमेन्ट गेटवे इसेवा आठौँ वर्षमा, ५० लाख बढीलार्इ सेवा प्रदान

काठमाडौं, १३ माघ । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि. आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । आठौँ वर्ष प्रवेशको उपलक्षमा रक्तदान लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ । इसेवाको केन्द्रिय कार्यालय हात्तीसारमा आयोजित रक्तदान कार्यक्रममा इसेवाका करिब सय जना कर्मचारीले रक्तदान गरे । यस्तै वर्षभरिमा उत्कृष्ट कार्य गर्ने विभिन्न विभागका कर्मचारीलाई ...

Read More »

क्यान इन्फोटेकको अवसरमा सुविसुको ‘जम्बो अफर’

काठमाडौं, १३ माघ । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट(प्रा.) लि ले क्यान इन्फोटेक २०१७ लाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि जम्बो अफर सार्वजनिक गरेको छ । कम्पनीले इन्टरनेट र क्लियर टिभीको कम्बो सेवा तथा क्लियर टिभीको लागि नयाँ योजना ल्याएको हो । अफरअन्तर्गत ग्राहकहरुले क्लियर टिभी र इन्टरनेटको सूपर कम्बो अफर केबल रु ७९९९/- मा ...

Read More »