फेसबुक मेसेन्जरमा नयाँ फिचरसहितको क्यामरा, स्पेशल इफेक्टहरु पनि

Technology Khabar ४ पुष २०७३, सोमबार

फेसबुक मेसेन्जरमा नयाँ फिचरसहितको क्यामरा, स्पेशल इफेक्टहरु पनि

काठमाडौं ।

काठमाडौं, ४ पुस । फेसबुकले आफ्नो मेसेन्जरमा नयाँ फिचर थप गरेको छ । कम्पनीले फेसबुकलाई अझ आकर्षक बनाउने उदेश्यले क्यामरा फिचर थप गरेको छ ।

नयाँ फिचरले फेसबुक मेसेन्जरलाई स्न्यापच्याट तथा इन्टाग्राम जस्तै बनाउने छ । फेसबुकले मेसेन्जरमा ल्याएको क्यामराले विभिन्न गतिबिधीहरुलाई अझ छिटो र सजिलो तरिकाले खिच्न सहयोग गर्ने कम्पनीको भनाई छ ।

फेसबुकका अनुसार हाल भिजुअल मेसेज पठाउने क्रम अधिक रहेको छ । फेसबुक मेसेन्जरमा २.५ बिलियन इमोजी, फोटोहरु, स्टीकर तथा भिडियोहरु दैनिकरुपमा पठाउने जानकारी दिएकोछ ।

मेसेन्जरको नयाँ क्यामरा स्क्रीनको बिचमा राखिएको छ जसमा एक पटक ट्याप गर्यो भने फोटो खिच्दछ तथा लामो समयसम्म थिचेमा भिडियो रेकर्ड गर्दछ ।

यसका साथै फेसबुकले नयाँ आर्ट तथा स्पेशल इफेक्टहरु पनि थप गरेको छ जसमा थ्रीडि मास्क पनि उपलब्ध छ । यसमा हजारौं स्टीकरहरु, फ्रेमहरु, इफेक्टहरु आफुलाई आवश्यकताअनुसार छनौट गरेर फोटो तथा भिडियोमा प्रयोग गर्न सकिनेछ । फेसबुकले विश्वभरका कलाकार तथा प्रभाव पार्नसक्ने व्यक्तिहरुसँगको सहकार्यमा नयाँ फिचरहरु ल्याएको जानकारी दिएको छ ।

फेसबुकले भिडियोका साथै टेक्स्ट मेसेजलाई पनि रमाइलो बनाउन सकिने फिचर ल्याएको छ । यसमा नयाँ पेलेट आइकनहरु थप गरिएको छ भने विभिन्न आर्ट स्टीकरहरु पनि टेक्स्टमा थप गर्न सकिन्छ ।

स्रोत माध्यम

easy care

प्रकाशित: ४ पुष २०७३, सोमबार