गूगल किबोर्ड अब ‘जीबोर्ड’ नाममा, एकसाथ तीन भाषामा टाइप गर्न सकिने

Technology Khabar २८ मंसिर २०७३, मंगलवार

गूगल किबोर्ड अब ‘जीबोर्ड’ नाममा, एकसाथ तीन भाषामा टाइप गर्न सकिने

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । गूगलको किबोर्ड एन्ड्रोयड अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुका लागि कुनै नौलो विषय होईन् । अहिले पनि अधिकांश एन्ड्रोयड मोबाइलमा यहि किबोर्ड प्रयोग हुन्छ ।

गूगलले अहिले फूल फिचरसहितको किबोर्डहरुबाट निकै ठूलो प्रतिस्पर्धा बेहोरिरहेको छ । त्यसैले होला गूगलले अब किबोर्ड एपलाई रिब्राण्डिंग गरेको छ । गूगलले भर्खरै मात्र गूगल किबोर्ड एपको ६ औं संस्करण, जीबोर्ड (Gboard) नाममा सार्वजनिक गरेको छ ।

यो अहिले प्ले स्टोरमा अपडेट गरेपछि उपलब्ध हुने गरि राखिएको छ तर यसको नाम र बिबरणहरु भने अझै पनि अपडेट भएको छैन् । यो नयाँ जीबोर्ड एप सबै प्रयोगकर्ताहरुमाझ पुग्न अझै करिब एक साता लाग्ने अनुमान गरिएको छ ।

जीबोर्ड किबोर्डमा निश्चित नम्बरहरुको लाइन राखिएको छ भने यसले एकै पटकमा तीनवटा भाषाहरुमा टाइप गर्न सकिन्छ । यस्तो फिचर यसअघि स्वीफ्टकि एपमा उपलब्ध रहेको थियो, जून एक भन्दा बढि भाषाहरु प्रयोगकर्ताहरुका लागि लोकप्रिय थियो अब तिनीहरुका लागि पनि थप विकल्प आएको छ ।

नयाँ किबोर्डमा जेस्चर टाइपिंगलाई नयाँ नाम दिईएको छ भने इमोजी (emoji) प्यानेललाई पनि नयाँ क्रममा राखिएको छ । इमोजीहरुमा यसअघि भन्दा बढि उज्यालोपना रहेको छ भने जीआईएफ (GIFs) बटन सँधै देखिने गरि मिलाईएको छ । तर जून एपले जीआईएफ सपोर्ट गर्दैन त्यसमा भने किबोर्डबाटै अयोग्य गरिएको छ ।

नयाँ किबोर्ड एप सेटिंगमा उपलब्ध गराउनका लागि लागि तपाईको फोनको किबोर्डमा गएर जी बटन थिचेमा गूगल सर्च गर्न सहज हुनेछ ।

नयाँ जीबाेर्ड डाउनलाेड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहाेस् ।

स्रोत माध्यम

easy care

प्रकाशित: २८ मंसिर २०७३, मंगलवार