जियोनी एन नाइन सार्वजनिक, जियोनीको ‘ड्यूल क्यामरा’ भएकाे पहिलो फोन

Technology Khabar १ मंसिर २०७३, बुधबार

जियोनी एन नाइन सार्वजनिक, जियोनीको ‘ड्यूल क्यामरा’ भएकाे पहिलो फोन

काठमाडौं ।

काठमाडौं, १ मंसिर । जियोनिले ड्यूल क्यामरा सेटअपसहितको नयाँ स्मार्टफोन जियोनि एस नाइन (Gionee S9) चीनमा सार्वजनिक गरेको छ । जियोनिको यो ड्यूल क्यामरासहितको पहिलो स्मार्टफोन हो ।

कम्पनीको नयाँ स्मार्टफोनमा ५.५ इन्चको फूल एचडी एलसिडी डिस्प्ले छ, यसअघिका फोनहरुमा भने एमोलेड डिस्प्ले प्रयोग गरिएका थिए । यसमा मिडियाटेक पी १० चीपसेट राखिएको छ भने ४ जीबी र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।gionee-s9

पहिलो पटक ड्यूल क्यामरा सेटअप (Dual camera setup) राखिएको यो स्मार्टफोनमा १३ प्लस ५ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ । यसको दोस्रो क्यामराले डेप्थ अफ फिल्ड नाप्दछ । यसका साथै सेल्फीका लागि कम्पनीले १३ मेगापिक्सेल भएको फ्रन्ट क्यामरा राखेको छ ।

जियोनि एस नाइन केबल ७.३ मिलिमिटर मोटाईको छ भने यसको तौल १६८ ग्राम मात्र छ ।  यसमा ३,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।
एन्ड्रोयडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा इनलाईफ यूआई २.० प्रयोग गरिएको छ ।gionee-s9_02

जियोनि एस नाइन स्मार्टफोन चीनमा प्रि अर्डरका लागि लिस्टेड भएको छ, जसको मूल्य २,४९९ यूआन अर्थात करिब ३६४ अमेरिकी डलर तोकिएको छ । यो फोन नोभेम्बर २५ तारिखदेखि मात्र किन्न सकिनेछ । चीन भन्दा बाहिरको बजारमा उपलब्धताको बारेमा हाल केहि जानकारी छैन् । gionee-s9_01

संभवत यो स्मार्टफोन नेपाली बजारमा पनि आउन सक्दछ । पछिल्लो दिनमा जियोनिले नेपाललाई प्रमुख बजारको रुपमा छनौट गर्दै विश्व बजारमा सार्वजनिक भएका नयाँ फोन मोडलहरु तत्काल भित्र्याउँदै आएको छ । त्यसैले यो फोन नयाँ वर्षको मौका पारेर स्थानिय बजारमा आउन सक्नेछ ।

easy care

प्रकाशित: १ मंसिर २०७३, बुधबार