एप्पलको अनलाइन स्टोरमा पहिलो पटक पुनर्निमित आईफोन बिक्री

Technology Khabar २४ कार्तिक २०७३, बुधबार

एप्पलको अनलाइन स्टोरमा पहिलो पटक पुनर्निमित आईफोन बिक्री

काठमाडौं ।

काठमाडौं, २३ कात्तिक । एप्पलले पहिलो पटक आफ्नो अनलाइन स्टोरबाट नयाँ जस्तै बनाईएको पुरानो आईफोनहरु बिक्री गर्न शुरु गरेको छ । यसअघि कम्पनीले रिफर्बिस्ड गरिएका यस्ता आईफोनहरु आफ्नो आधिकारिक अनलाइनबाट बिक्री गर्दैनथ्यो ।

एप्पलेले यसअघि आईफोन बाहेक पुन र्निमित गरिएका म्याक, आईप्याडका साथै एयरपोर्ट एक्सिट्रिम लगायतका डिभाइस बिक्री गरेपनि आईफोन बिक्री गर्ने गरेको थिएन । एप्पलले यस्ता पुनर्निमित आईफोनहरु रिपेयर वा रिप्लेसमेन्टका लागि अन्य रिसेलरहरुका लागि मात्र प्रयोग गर्दथ्यो ।

तर यो नीति कम्पनीले आजदेखि भने परिवर्तन गरेको छ । कम्पनीले आफ्नो आधिकारिक अनलाइनमा आईफोन सिक्स एस तथा आईफोन सिक्स एस प्लसको पुन र्निमित फोनहरु स्टोरमा बिक्रीका लागि राखेको छ ।

यसअघि पनि एप्पलको पुनर्निमित आईफोनहरु बिक्री भएका छन तर ती बिक्री इबेको स्टोरबाट बिक्री भएका हुन तर पूर्णरुपमा कम्पनीले गरेको थिएन् । एप्पलको आईफोन आधिकारिक अनलाईनबाट पहिलो पटक पुन निर्मित आईफोनहरु बिक्रीका लागि अनलाइन स्टोरमा राखिएका हुन् ।

पुनर्निमित आईफोनहरुमध्ये आईफोन सिक्स एस १६ जीबीको मूल्य ४४९ अमेरिकी डलर तोकिएको छ । त्यसैगरी आईफोन सिक्स एस प्लसको १६ जीबी र ६४ जीबीको मूल्य क्रमशः ५२९ तथा ५८९ अमेरिकी डलर रहेको छ । यसमा आईफोनका सिल्भर, स्पेस ग्रे, गोल्ड तथा रोज गोल्ड कलर सबै उपलब्ध छन् ।

आईफोनका पुन र्निमित आईफोन सिक्सहरु खरिद गर्दा ग्राहकहरुले करिब ११० अमेरिकी डलर बनाउन सक्नेछन जसमा १ वर्षको उत्पादन वारेन्टी पनि दिईएको छ ।

यी सबै पुन र्निमित आईफोनहरु अनलक्ड र सिम फ्री आईफोनहरु हुन जसमा बाहिरी खोलका साथै ब्याट्री नयाँ राखिएको छ ।

जेट ह्वाइट कलरकाे आईफोन सेभेन

यसैबिच एप्पलले आफ्नो सबैभन्दा नयाँ फोन आईफोन सेभेन सिरिजमा नयाँ कलरको आईफोन सेभेन ल्याउने तयारी गरेको चर्चा छ । कम्पनीले आईफोन सेभेन तथा सेभेन प्लसको जेट ह्वाइट कलर अप्सन ल्याउन लागेको एक रिपोर्टमा उल्लेख छ । यसअघि कम्पनीले पहिलो पटक जेट ब्ल्याक कलर अप्सन आईफोन सेभेन सिरिजका लागि ल्याएको थियो । तर यो कहिलेसम्म आउँछ भन्ने कुनै स्पष्ट छैन् ।
माध्यम

easy care

प्रकाशित: २४ कार्तिक २०७३, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार