लाभाको आइभरी पप ट्याबलेट

Technology Khabar २१ कार्तिक २०७३, आईतवार

लाभाको आइभरी पप ट्याबलेट

काठमाडौं ।

काठमाडौं, २१ कात्तिक । स्मार्टफोन मेकर कम्पनी लाभाले नयाँ आइभरी पप ट्याबलेट (Lava Ivory Pop tablet) सार्वजनिक गरेको छ । यो नयाँ ट्याबलेट भारतीय बजारमा उपलब्ध गराएको हो ।

लाभाको नयाँ आइभरी पप ट्याबलेटमा इन्टेलको १.० गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा ७ इन्चको एचडी डिस्प्ले रहेको छ ।

लाभाको यो ट्याबमा फोटोका लागि पाँच मेगापिक्सेलको रियर क्यामरा तथा ३.२ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

यो ट्याबमा १ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ । यो ट्याब एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित रहेको छ ।lava-ivory-pop

यसमा ३,००० एमएएचको रिमुभेवल ब्याट्री राखिएको छ भने यो ८.८ मिलिमिटर मोटाईको छ । ड्यूल सिम सपोर्ट गर्ने यो ट्याबमा कनेक्टिभिटीका लागि वाईफाई, जीपीएस, ब्लूटुथलगायतको सुविधा छ ।

कम्पनीका ट्याबलेट तथा आईटी प्रोडक्ट प्रमुख रमन शर्माकाअनुसार लाभा ट्याबलेटको श्रृंखलामा नयाँ आईभरी पप सार्वजनिक हुनु कम्पनीका ग्राहकहरुका लागि महत्वपुर्ण हुनेछ ।

भारतीय बजारमा यो ट्याबको मूल्य भारु. ६, २९९/- तोकिएको छ ।

easy care

प्रकाशित: २१ कार्तिक २०७३, आईतवार