तिहार लक्षित गोदावरी पुष्प मेलाको तयारी पुरा

Technology Khabar ८ कार्तिक २०७३, सोमबार

तिहार लक्षित गोदावरी पुष्प मेलाको तयारी पुरा

काठमाडौं ।

काठमाण्डौं, ८ कात्तिक । फ्लोरिकल्चर एसोशिएसन नेपालले यहि कातिक १० गतेबाट गोदावरी पुष्प मेला आयोजना गर्न लागेको छ ।

एसोशिएसनद्धारा आयोजित पत्रकार सम्मेलनमा ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पुरा भइसकेको जानकारी दिईयो ।

तिहार तथा छठ पर्व लक्षित गोदावरी पुष्प मेलामा प्रतिस्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहने बताईएको छ । मेलामा व्यवसायिक स्टल ३६, गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा र सूचना मुलक ३ वटा रहेका छन् ।

मेलामा सहभागी व्यवसायीबिच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर र मिनियचर बिधामा प्रतिस्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिईयो ।

रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नाराका साथ आयोजना हुने मेलाको मुख्य उदेश्य तिहार पर्वको आकर्षणको रुपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्नु रहेको छ ।

आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको संस्थाको दाबी छ ।

easy care

प्रकाशित: ८ कार्तिक २०७३, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार