जेडटिई नुबिआको ‘जेड ११ मिनी एस’, २३ मेगापिक्सेलको रियर क्यामरा

Technology Khabar २ कार्तिक २०७३, मंगलवार

जेडटिई नुबिआको ‘जेड ११ मिनी एस’, २३ मेगापिक्सेलको रियर क्यामरा

काठमाडौं ।

काठमाडौं, २ कात्तिक । जेडटिईको सब ब्राण्ड नुबिआले (Nubia) नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चौथो वार्षिकोत्सवको अवसर पारेर जेड ११ मिनी एस (Z11 Mini S) सार्वजनिक गरेको हो

जेडटिईको सहायक ब्राण्ड नुबिआको जेड ११ मिनी एसमा ५.२ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ भने यसमा २.० गीगाहर्जको अक्टा-कोर स्न्यापड्रयागन ६२५ चीपसेटमा संचालन हुन्छ ।

यो स्मार्टफोनमा ४ जीबीको र्याम छ भने ६४ जीबी र १२८ जीबीको आन्तरिक स्टोरेज अप्सन रहेको छ । फोटो खिच्नका लागि फोनमा २३ मेगापिक्सेलको रियर क्यामरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।nubia_02

यसमा फिंगप्रिन्ट सेन्सर रियर क्यामराको मुनी रहेको छ भने ३,००० एमएएचको ब्याट्री प्याक रहेको छ । कनेक्टिभिटीका लागि यसमा फोरजी भिओएलटिई, ब्लु्टूथ ४.१, ड्यूल ब्याण्ड वाईफाई, यूएसबी टाइप सीको सुविधा रहेको छ ।

एन्ड्रोयड मार्शमाल्लोमा आधारित नूबिआ यूआई ४.० मा संचालन हुने यो स्मार्टफोनमा ड्यूल सिम सपोर्टका लागि हाईब्रिड सिम स्लट राखिएकोेछ ।

जेडटिई नुबिआ जेड ११ मिनी एस स्मार्टफोन हाल चीनमा मात्र प्रि-अर्डरका लागि उपलब्ध छ भने यहि अक्टोबर २५ तारिखदेखि मात्र बिक्री शुरु हुनेछ ।

यो स्मार्टफोनको ६४ जीबीको मूल्य १,४९९ चीनियाँ यूआन अर्थात करिब २२० अमेरिकी डलर तथा १२८ जीबी मोडलको मूल्य १,८९९ यूआन अर्थात करिब २८० अमेरिकी डलर तोकिएको छ ।

माध्यम

easy care

प्रकाशित: २ कार्तिक २०७३, मंगलवार