Monthly Archives: October 2016

एनबी इन्सुरेन्सको तीन वटा शाखा उद्घाटन

काठमाडौं, १२ कात्तिक । एन.बी.ईन्सुरेन्स कम्पनीले एकैपटक तीनवटा शाखाहरु संचालनमा ल्याएको छ । कम्पनीको १५औं, १६औं र १७औं शाखाहरु क्रमश काठमाडौंको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा शुक्रबारदेखि संचालनमा ल्याएको हो । शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष  प्रा.डा.फत्तबहादुर के.सी.ले बीमा क्षेत्रको विकास र विस्तार साथै अनुभवी मानव संशााधनको उत्पादन गरेर बीमा क्षेत्रलाई टेवा दिन व्यवस्थापन र संचालक समितिलाई आग्रह गरे ...

Read More »

सिजीका दुई स्मार्टफोन, फस्ट इम्प्रेशनः बजेट श्रेणीमा उत्कृट फाेन

काठमाडौं, १२ कात्तिक । सीजी मोबाइल कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेको दुई नयाँ स्मार्टफोनको बारेमा ब्लगर्सहरुलाई जानकारी प्रदान गरेको छ । कम्पनीले दुईनयाँ स्मार्टफोनहरु बजेट स्मार्टफोनको रुपमा ल्याएको हो । कम्पनीले इओन ब्लेज सिरिज अन्तर्गतका इओन ब्लेज सिक्स EON Blaze 6.0 र इओन ब्लेज प्रो EON Blaze Pro बजेट स्मार्टफोन बजारमा भित्र्याएको हो । यी दुबै स्मार्टफोनहरु निकै आकर्षक र ...

Read More »

पाटाद्धारा “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला सम्पन्न

काठमाडौं, ११ कात्तिक । प्यासाफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टरले “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा होटल व्यवसायी, एयरलाइन्स, ट्राभल एजेन्सी, टुर अपरेटरर्स, मिडिया विद्यार्थीहरु र अन्य सरोकारवालाहरु गरी करिव १४५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा प्रशिक्षकको रुपमा पाटा नेपालले स्विजरल्याण्डका प्रतिष्ठित विज्ञ डानियल चुडीलाई आमन्त्रण गरेको थियो । कार्यक्रमको उद्घाटनमा ...

Read More »

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी छुट्टै कोष स्थापना गरिने

काठमाडौं, ११ कात्तिक । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । सीप विकास तथा तालिमसम्बन्धि सबै कार्यक्रमहरुलाई समन्वयकारी ढङ्गले सञ्चलन गरी बढी प्रतिफल हासिल गर्ने उद्देश्यले छुट्टै कोषमार्फत् कार्यक्रमहरु सञ्चालन गर्न लागिएको हो । सरकारी, गैर सरकारी र दातृ निकाय ...

Read More »

एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’

काठमाडौं, ११ कात्तिक । मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । चाडपर्वको शुभ अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पुर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याकको सेवा शुरु गरेको दाबी गरिएको छ । यो प्याक सुचारु गर्ने ...

Read More »

सिएनआईद्धारा परिसंघ प्रबुद्ध परिषदको गठन

काठमाडौं, ११ कात्तिक । नेपालको उत्पादनमूलक तथा सेवा क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ सिएनआईले ‘परिसंघ प्रबुद्ध परिषद्’ को गठन सहित सोको शुभारम्भ गरेको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरि उक्त परिषदको घोषणा गरिएको हो । परिसंघ प्रबुद्ध परिषदको समुद्घाटन कार्यक्रमलाई संबोधन गर्दै परिसंघ अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा लगानी विस्तार ...

Read More »

सानिमा माई हाईड्रोपावरको हकप्रद साधारण शेयर निष्काशन सम्झौता

काठमाडौं, ११ कात्तिक । सानिमा माई हाईड्रोपावर लिमिटेडको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुको लागि १ कित्ता शेयर बराबर १ कित्ता अर्थात रु. १,०५,५०,००० कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको जनाएको छ । उ    क्त कार्यको लागि सानिमा माई हाईड्रोपावर लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवर्ण दास श्रेष्ठ ...

Read More »

डब्लुएफपीद्वारा डिएफआइडीको १५ लाख पाउण्ड सहयोगको स्वागत

काठमाडौं, ८ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)बाट भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमका लागि प्राप्त १५ लाख पाउण्ड बराबरको सहयोगको स्वागत गरेको छ । अनुदानबाट डब्लुएफपीले गत बर्षको भूकम्पबाट प्रभावित दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटो जस्ता महत्वपूर्ण पूर्वाधार पुनःनिर्माण गर्ने नेपाल सरकारको प्रयासलाई मद्दत गर्नसक्ने जानकारी दिएको छ । “झण्डै १८ महिना अघिको ...

Read More »

आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागबीच सूचना आदान प्रदान गर्ने सम्झौता

काठमाडौं, ८ कात्तिक । कर छली तथा राजस्व चुहावट नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक चुडामणि शर्मा र राजस्व अनुसन्धान विभागका तर्फबाट महानिर्देशक निर्मलहरि अधिकारीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने, कर सहभागिता अभिवृद्धि गर्ने र समग्रमा राजस्व संकलन बढाउने ध्येयले आफ्नो कार्य ...

Read More »

तिहार लक्षित गोदावरी पुष्प मेलाको तयारी पुरा

काठमाण्डौं, ८ कात्तिक । फ्लोरिकल्चर एसोशिएसन नेपालले यहि कातिक १० गतेबाट गोदावरी पुष्प मेला आयोजना गर्न लागेको छ । एसोशिएसनद्धारा आयोजित पत्रकार सम्मेलनमा ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पुरा भइसकेको जानकारी दिईयो । तिहार तथा छठ पर्व लक्षित गोदावरी पुष्प मेलामा प्रतिस्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल ...

Read More »