नेपाली जुत्ता घरको दशैं तिहार उपहार योजना

Technology Khabar १३ आश्विन २०७३, बिहीबार

नेपाली जुत्ता घरको दशैं तिहार उपहार योजना

काठमाडौं ।

काठमाडौं, १३ असोज । नेपाली जुत्ता घरले बडा दशै तथा तिहारलाई लक्षित गरि ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्र्तगत प्रत्येक जोर जुत्ता तथा चप्पलको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन र स्क्रयाच कुपनमार्फत ५ देखि ५० प्रतिशत छुट वा रु. ७५ देखि ५००० सम्म नगदका साथै चन्द्रागिरी केबल कारको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

उपहार योजनाको अन्त्यमा हुने बम्पर उपहारमा योजना अवधिभरमा सहभागी भएका उपभोक्ताहरुबाट बम्पर लक्की ड्र मार्फत ७ जनालाई आईफोन, २ जनालाई ल्यापटप प्रदान गरिनेछ । नेपाली जुत्ता घरमा नेपाली बजारमा ख्यातीप्राप्त एवं ब्राण्डेड जुत्ता कम्पनीहरुको सहभागीता रहेको छ । जसमा शिखर, बि.एफ.डियर हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विङ्गस्, टाकुरा, सफटच, शूल्याण्ड र ईजि लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु पाईनेछन् ।

जुत्ता घरमा सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिएको छ । कम्पनीहरुले चाडपर्वलाई ध्यानमा राखि उत्पादित नयाँ मोडलका जुत्ता चप्पलहरु समेत नेपाली जुत्ता घरमा बिक्रि वितरणका लागि राखिएको छ ।

हाल कम्पनीको राष्ट्रिय नाचघर जमल, महाराजगञ्ज, बुद्धमल बालाजु, नमस्ते सुपर मार्केट पूल्चोक र कुमारीपाटीमा गरी जम्मा ५ वटा चेन स्टोर रहेको छ ।

easy care

प्रकाशित: १३ आश्विन २०७३, बिहीबार