लेनोभोको “वीनान्जा” अफर, सुजुकी जिक्सर बाइक जित्ने अवसर

Technology Khabar १० आश्विन २०७३, सोमबार

लेनोभोको “वीनान्जा” अफर, सुजुकी जिक्सर बाइक जित्ने अवसर

काठमाडौं ।

काठमाडाैं, १० असोज । नेपालकालागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रालिले दशैं, तिहार र छठ महोत्सवको अवसर पारेर “वीनान्जा” (Winanzza) अफर घोषणा गरेको छ । कम्पनीले आफ्ना सन्तुष्ट उपभोक्ताहरुलाई थप उत्साहित बनाउने उदेश्यले हरेक लेनोभो फोनको खरिदमा उपहारहरुको घोषणा गरेको छ ।

“वीनान्जा, अब जित छ पक्का” अफर अन्तर्गत, उपभोक्ताहरुले बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्न सक्नेछन भने हरेक साताको लक्की ड्रमार्फत लेनोभो ट्याबलेटहरु तथा नोट बुक जित्ने छन् । यसका साथमा स्योर शट उपहारअन्तर्गत चाँदीको सिक्का, टि सर्ट, ८ जीबीको मेमोरी कार्ड, पावर ब्यांक र ब्लूटूथ हेडसेटलगायतका उपहार स्क्र्रयाच कार्डद्धारा जित्न सक्नेछन् ।

लेनोभोले नेपाली बजारमा विभिन्न किसिमका बजेट अनुकुल आफ्ना विभिन्न उत्पादनहरु प्रस्तुत गर्दै आएको छ । लेनेभोका हरेक मोबाइल फोनको खरिदमा १ वर्षको वारेन्टी तथा ब्याट्रीमा ६ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनिले जनाएकाे छ ।

easy care

प्रकाशित: १० आश्विन २०७३, सोमबार