सोनीको दुईवटा नयाँ एक्सन क्यामरा, फोरके भिडियो खिच्नसक्ने

काठमाडौं, २७ भदौ । सोनीले दुईवटा नयाँ एक्सन क्याम घोषणा गरेको छ । कम्पनीले एफडिआर एक्स ३००० आर (FDR-X3000R) तथा एचडिआर एएस३००आर (HDR-SS3000R) क्यामरा ल्याएको हो । यी एक्सन क्यामराहरुमध्ये पहिलो क्यामराले फोरके (4K) यूएचडीमा रेकर्ड गर्दछ भने अर्को क्यामराले फूलएचडीमा भिडियो रेकर्ड गर्दछ ।

सोनीको दुबै क्यामराको विशेषता भनेको यसमा भएको अप्टिकल इमेज स्टाबलाइजेसन हो जसलाई सोनीले ब्यालेन्स्ड अप्टिकल स्टिडी सट भनेको छ । यसले भिडियो रेकर्डलाई स्मुथ बनाउनेछ ।

यी क्यामराहरुमा एक्समोर आर सिमोस सेन्सर प्रयोग गरिएको छ भने फोरके भिडियो १०८० पिक्सेलमा खिच्न सक्दछ । फोर के मोडलको क्यामराले १०८० पिक्सेल तथा फूलएचडी मोडलको क्यामराले ७२० पिक्सेलको भिडियो रेकर्ड गर्दछ ।

यी दुबै क्यामराका साथमा लाइभ भ्यू रिमोट यूनिट पनि अतिरिक्त आउँछ । सोनीले घडिको रुपमा ल्याएको यो रिमोट यूनिटमा स्क्रीन राखिएको छ जसबाट एक्सन क्यामरालाई नियन्त्रण गर्न सकिन्छ ।

सोनीले सार्वजनिक गरेको यी दुई एक्सन क्यामराको मध्ये एफडिआर एक्स ३००० आर को मूल्य ४,०० अमेरिकी डलर तथा एचडिआर एएस३०००आर लाइभ भ्यू रिमोट सहितको मूल्य ५५० डलर तोकिएको छ । यी क्यामराहरु सेप्टेम्बरको अन्त्यदेखि खरिदका लागि उपलब्ध हुनेछ ।