सामसंगको ‘रिफर्बिस्ड’ स्मार्टफोनहरुको बिक्री शुरु, अमेरिकी वेबसाइटमा लिस्टेड

Technology Khabar १९ भाद्र २०७३, आईतवार

सामसंगको ‘रिफर्बिस्ड’ स्मार्टफोनहरुको बिक्री शुरु, अमेरिकी वेबसाइटमा लिस्टेड

काठमाडौं ।

काठमाडौं, १९ भदौ । सामसंगले आफ्ना विभिन्न मोडलका पुन मर्मत गरेर तयार गरिएका ग्यालेक्सी स्मार्टफोन बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आम्दानीलाई बढाउन तथा खर्चमा मितव्ययी हुनका लागि ग्यालेक्सी सिरिजका मर्मत गरिएका पुराना फोनहरु पुन प्रयोगमा ल्याएको छ ।

सामसंगले पुन प्रयोग गर्न सकिने स्मार्टफोनहरु जसलाई ‘रिफर्बिस्ड’ फोन भनेर भनिन्छ, अमेरिकी बजारमा बिक्रीका लागि उपलब्ध गराएको छ । यस्ता पुन प्रयोग गर्न सकिने फ्ल्यागशिप ग्यालेक्सी स्मार्टफोनहरुबाट कम्पनीले करिब १० प्रतिशतको संचालन मार्जिन कायम गर्न सक्ने बताईएको छ ।

सामसंगले बिना कुनै औपचारिक घोषणा यस्ता रिफर्बिस्ड फोनहरु अमेरिकी बजारमा बिक्री गर्न शुरु गरेको हो । कम्पनीको अमेरिकी वेबसाइटमा यस्ता स्मार्टफोनहरुलाई ‘सामसंग सर्टिफाईड प्रि-ओन्ड फोन्स’ को रुपमा बिक्रीका लागि राखिएको छ ।

कम्पनीकाअनुसार यस्ता फोनहरु सामसंगका ईन्जिनियरहरुले पूर्णरुपमा पुन मर्मत गरेका छन भने यस्ता फोनहरुको बक्समा नयाँ हेडफोनहरु तथा चार्जरहरु राखिएका छन् । सामसंगले आफ्ना नयाँ स्मार्टफोनहरुमा जस्तै यी पुन मर्मत गरिएका स्मार्टफोनहरुमा पनि एकवर्षको वारेन्टी दिएको छ ।

सामसंगले पुन मर्मत गरेर बिक्रीका लागि राखेको स्मार्टफोनहरुमा ग्यालेक्सी नोट थ्री (Galaxy Note 3), ग्यालेक्सी एस फोर(Galaxy S4), ग्यालेक्सी एस फाइभ(Galaxy S5), ग्यालेक्सी एस सिक्स(Galaxy S6), ग्यालेक्सी एस सिक्स एज(Galaxy S6 Edge) तथा ग्यालेक्सी नोट फोर (Galaxy Note 4) रहेका छन् ।

उक्त वेबसाइटको लिस्टमा सबैभन्दा पछिल्लो एस सिरिजको फोन ग्यालेक्सी एस सेभेन तथा अर्को फोन ग्यालेक्सी नोट फाइभ भने राखिएको छैन् । यस्ता मर्मत गरेर पुन बिक्रीका लागि राखिएका फोनहरुमा ग्राहकहरुले अधिकतम २६५ अमेरिकी डलरसम्म बचाउन सक्नेछन् ।

त्यसैगरी यस्ता स्मार्टफोनहरु खरिद गर्दा तत्काल भुक्तान गर्नुपर्ने हुन्छ भने यसमा क्यारियर इन्स्टलमेन्ट योजना समावेश गरिएको छैन् ।

लिस्टमा राखिएका यी फोनहरु अमेरिकाका प्रमुख मोबाइल क्यारियरहरु भेरिजोन, एटि एण्ड टी, टि मोबाइल तथा स्प्रिन्टसँग आबद्ध छन् । यी मर्मत गरेर पुन प्रयोगमा ल्याईएका स्मार्टफोनहरु सामसंगको वेबसाइटबाट पनि खरिद गर्न सकिनेछ भने १० दिनको डेलिभरी समय राखिएको छ ।

सामसंगले हाल अमेरिकी बजारमा मात्र पुन मर्मत गरेर बनाईएका स्मार्टफोनहरु सार्वजनिक गरेको छ, जुन अन्य बजारमा कहिलेदेखि आउने हो कुनै जानकारी छैन् ।

माध्यम

easy care

प्रकाशित: १९ भाद्र २०७३, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार