Monthly Archives: September 2016

जियोनी एस सिक्स प्रो भारतमा, साथमा भिआर हेडसेट पनि

काठमाडौं, १४ असोज । जियोनीको नयाँ स्मार्टफोन एस सिक्स प्रो (S6 Pro) भारतीय बजारमा सार्वजनिक भएको छ । यो स्मार्टफोन यहि जूनमा पहिलो पटक विश्व बजारमा आएको थियो । भारतीय बजारमा उत्सवहरुको अवसरलाई ध्यानमा राखेर सार्वजनिक गरिएको हो । यो फोन अक्टोबर १ तारिखदेखि भारतीय बजारमा किन्न सकिनेछ, जसको मूल्य भारु २३,९९९/- तोकिएको छ । यो स्मार्टफोनमा ५.५ इन्चको २.५ ...

Read More »

लेनोभोले नयाँ ट्याब ल्याउँदै, फूलएचडी डिस्प्ले र ३ जीबी र्याम हुने

काठमाडौं, १४ असोज । गएको फेब्रुअरीमा लेनोभोले विश्व बजारमा आफ्नो नयाँ ट्याबलेटहरु ट्याब ३ सिरिजमा सार्वजनिक गरेको थियो । जुन ट्याबलेटहरु बजेट मैत्री थिए भने यसको स्पेशिफिकेशनहरु खाश विशेष किसिमका थिएनन् । हाल  लेनोभोले आफ्नो ट्याब ३ सिरिजमा अपग्रेड गर्न लागेको जानकारी बाहिर आएको छ । लेनोभोले छिटै ट्याब ३ एट प्लस ट्याबद्धारा पुरानो भर्सनलाई परिवर्तन गर्न लागेको सूचना बाहिर ...

Read More »

रेनो गाडिमा “रेनो क्यासटिभल“ अफर

काठमाडौं, १३ असोज । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटो मोबाईलले उत्सवमय समयका लागि रेनोल्ट क्यासटिभल (Renault Cashtival) घोषणा गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले रेनो डस्टरको खरिदमा रु.१,२५,०००/- तथा क्विडको खरिदमा रु.९०,०००/- क्यास ब्याक प्राप्त गर्नेछन् । क्यास ब्याकको अतिरिक्त, ग्राहकहरुले रु.१०,०००/- मूल्य बराबरको गिफ्ट ह्याम्परका साथै जोडिहरुले (रेनो डस्टरको मोडेल RXZ+, RXZ+AMT, RXZ+AWD) को प्रत्येक खरिदमा सिंगापुरको राउण्ड ट्रिपको फ्रि ...

Read More »

नेपाली जुत्ता घरको दशैं तिहार उपहार योजना

काठमाडौं, १३ असोज । नेपाली जुत्ता घरले बडा दशै तथा तिहारलाई लक्षित गरि ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्र्तगत प्रत्येक जोर जुत्ता तथा चप्पलको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन र स्क्रयाच कुपनमार्फत ५ देखि ५० प्रतिशत छुट वा रु. ७५ देखि ५००० सम्म नगदका साथै चन्द्रागिरी केबल कारको ...

Read More »

सामसंग ग्यालेक्सी नोट सेभेन आन्तरिक हवाई यात्रामा प्रतिबन्धित

काठमाडौं, १३ असोज । पछिल्लो दिनमा सामसंगलाई ग्यालेक्सी नोट सेभेनले निकै समस्यामा परेको छ । अन्तराष्ट्रिय बजारमा कम्पनीले अर्बौ रुपैंया गुमाईसकेको छ भने नोट सेभेनले गर्दा कम्पनीकाे स्मार्टफोनको बजारमा पनि असर पारेको छ । कम्पनीको नोट सेभेन प्रयोग गर्न विभिन्न स्थान र देशहरुमा औपचारिक प्रतिबन्ध रहेकोमा नेपालमा पनि यो स्मार्टफोन हवाई यात्रामा प्रयोग गर्न प्रतिबन्ध लागेको छ । सामसंग ग्यालेक्सी ...

Read More »

४० करोड मेसिनहरुमा विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग

काठमाडौं, १३ असोज । माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टममा करिब ४० करोड सक्रिय कम्प्यूटरहरु संचालनमा आएका छन् । यसअघिको विण्डोज ८ अथवा विण्डोज ८.१ अपरेटिंग सिस्टममा मानिसहरुको आकर्षण कम रहेको थियो जसले गर्दा कम्पनीलाई समस्या भएको थियो । तर नयाँ अपरेटिंग सिस्टम विण्डोज १० ले विण्डोज ७ को विभिन्न विशेषताहसहित नयाँ भर्सन ल्याएपछि यो निकै लोकप्रिय भएको हो । केहि ...

Read More »

थाईल्याण्ड नेपाल दशैं फेष्टिवल शुक्रबारदेखि हुँदै

काठमाडौं, १२ असोज । सायम लंचंग बैंककको आयोजना यहि असोज १४ गतेदेखि १८ गतेसम्म थाइल्याण्ड नेपाल दशैं फेष्टिवल आयोजना हुने भएको छ । थाइल्याण्ड नेपाल दशैं फेष्टिवले नेपाल र थाइल्याण्डको व्यवशायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले थाईल्याण्ड नेपाल दशैं फेष्टिवल २०१६ मा नेपाल, थाइल्याण्ड र बंगलादेशका गरी १ सय ५० बढी प्रदर्शनी ...

Read More »

इन्स्टाग्रामको विण्डोज १० एपमा अपडेट, फोटो जुम गर्न सकिने सुविधा

काठमाडौं, १२ असोज । इन्स्टाग्रामले (Instagram) आफ्नो विण्डोज १० (Windows 10) एपमा नयाँ विशेषतासहितको अपडेट गरेको छ । नयाँ फिचरहरुसहितको अपडेट यसअघि नै आईओएस तथा एन्ड्रोयडमा केहि साता अघि आईसकेको छ । अपडेट गरिएको फिचरहरुमध्ये जूम फिचर एक हो, जसले तस्विरहरुमा जुम गर्न सकिन्छ भने अझ थप पिक्सेलका साथमा फोटो हेर्ने सुविधा दिन्छ । अर्को परिवर्तन भनेको  फोटोमा मध्यम किसिमको ...

Read More »

चर्चित स्मार्टफोन गेम ‘फ्रुट निन्जा’ को सिनेमा बन्दै

काठमाडौं, १२ असोज । स्मार्टफोनको चर्चित गेम मध्येको एक फ्रुट निन्जा (Fruit Ninja) अब ठूलो स्क्रीनमा आउने भएको छ । फ्रुट निन्जा गेम अब ठूलो पर्दामा सिनेमाको रुपमा आउन लागेको हो । सिनेमा निर्माण गर्ने कम्पनी न्यू लाइन सिनेमाले फ्रुट निन्जाको ब्राण्डको अधिकार लिएको छ भने सिनेमाको स्क्रीप्टको लागि आब्हान गरेको छ । फ्रुट निन्जाको सहि स्क्रीप्ट जे. पी. लाभिन ...

Read More »

नेपाल इन्भेष्टमेण्ट बैंकको २० प्रतिशत बोनस सेयर तथा २१ प्रतिशत नगद लाभांश

काठमाडौँ, १२ असोज । नेपाल इन्भेष्टमेण्ट बैंकले ३०औँ वार्षिक साधारण सभा असोज ११ गते काठमाडौँमा सम्पन्न गरेको छ । साधारण सभाबाट बैंकले आफ्ना शेयरधनीहरूलाई कुल चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर, तथा २१ प्रतिशत नगद लाभांश पारित गरेको छ । यो वर्ष बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गरी रू. ८ अर्ब ७१ करोड र कुल पुँजी कोष रू. १६ अर्ब ...

Read More »