कलर्सका तीन मोडलका स्मार्टफोनमा मूल्य कटौती, साथमा पावर ब्यांक निशुल्क

Technology Khabar १ भाद्र २०७३, बुधबार

कलर्सका तीन मोडलका स्मार्टफोनमा मूल्य कटौती, साथमा पावर ब्यांक निशुल्क

काठमाडौं ।

काठमाडौं, १ भदौ । कलर्स मोबाइल नेपालले आफ्ना छानिएका मोडलका स्मार्टफोनहरुको मूल्यमा कटौती गरेको छ । कम्पनीले मूल्यमा कटौती गर्नुका साथै सिमित अवधिका लागि केहि स्मार्टफोनको खरिदमा १०,००० एमएएचको पावर ब्यांक निशुल्क दिने घोषणा गरेको छ ।

कलर्स मोबाइलको कलर्स इलाइट ई १५ (Colors Elite E15), इलाइट ई २० (Elite E20), तथा कलर्स के थ्री (Colors K3) स्मार्टफोनहरुमा कम्पनीले सिमित अवधिका लागि नयाँ योजना सार्वजनिक गरेको हो । यो मूल्य कटौती यो वर्षको उत्सवहरुको अगाडिसम्म मात्र संचालन हुने कम्पनीले उल्लेख गरेको छ । कलर्स ई १५ स्मार्टफोन अब रु. १२,४९५/- मा नै किन्न सकिने भएको छ । यसअघि यसको मूल्य रु. १३,९९५/- रहेको थियो । कलर्स इ १५ स्मार्टफोनको विशेषतामा ५,००० एमएएचको ब्याट्री राखिएको छ जसले ५९ दिनसम्मको स्ट्याण्डबाई ब्याकअप दिन्छ ।

कलर्स इलाइट ई १५, इलाइट ई २०, तथा कलर्स के थ्री स्मार्टफोनहरुमा मूल्य कटौती

सोहि सिरिजमा कलर्स ई २० स्मार्टफोनको नयाँ मूल्य रु. १३,९९५/- तोकिएको छ । यसअघि यो स्मार्टफोनको बजार मूल्य रु. १५,५९५/- रहेको थियो  । यो स्मार्टफोनमा ५.५ इन्चको स्क्रीन रहेको छ ।Colors-Price-Drop

कलर्सको प्रिमियम सेगमेन्टको स्मार्टफोन कलर्स के थ्रीको मूल्यमा पनि कटौती भएको छ । यो स्मार्टफोन अब रु. १५,९९५/- मा नै खरिद गर्न सकिनेछ । यसअघि यसको मूल्य रु. १७,४९५/- रहेको थियो । कलर्स के थ्री स्मार्टफोनमा ३ जीबीको र्याम, ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यो स्मार्टफोनको खरिदमा ग्राहकले १०,००० एमएएचको (10,000 mAh) पावर ब्यांक पनि निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कलर्स के थ्री स्मार्टफोनको खरिदमा १०,००० एमएएचको पावर ब्यांक पनि निशुल्क

“यो  वर्षको उत्सवको शुरुवात साथमा मनाउन हाम्रा उत्कृष्ट लाइनअपका स्मार्टफोनहरुको मूल्यमा उच्च कटौती गरेका हौं । हामीले स्मार्टफोनहरुको अपनत्व महसुस गर्दै उच्च मूल्य कटौती गर्नु अहिलेको स्मार्ट डिल हो जुन हामीले गरेका छौं । यसका साथमा पावर ब्यांक पनि निशुल्क छ ।” कलर्स मोबाइल नेपालका बजार प्रबन्धक राज जंग थापाले भने ।

easy care

प्रकाशित: १ भाद्र २०७३, बुधबार

ताजा समाचार