विश्वभर ९० करोड एन्ड्रोयड फोनहरु जोखिममा, डाटाहरु ह्याक हुनसक्ने

Technology Khabar २५ श्रावण २०७३, मंगलवार

विश्वभर ९० करोड एन्ड्रोयड फोनहरु जोखिममा, डाटाहरु ह्याक हुनसक्ने

काठमाडौं ।

काठमाडौं, २५ साउन । एन्ड्रोयडमा आधारित ९० करोड स्मार्टफोनहरु जोखिमको अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले विश्वभरका एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित क्वालकमका चीपसेट (Qualcomm Chips) भएका स्मार्टफोनहरुबाट डाटा ह्याक हुनसक्ने सार्वजनिक गरेका हुन् । यस्तो खतरा सामसंग, नेक्सस, वान प्लस, ब्लाकबेरी, एचटिसी, एलजी, मोटोरोला, सोनी ब्राण्डका फोनहरुमा देखिएको छ ।

आइटि सेक्यूरिटी फम चेक प्वाइन्टले (Check Point) गरेको अनुसन्धानबाट क्वालकमका चीपसेट प्रयोग गर्ने एन्ड्रोयड स्मार्टफोनहरु जोखिममा रहेको हो । उनीहरुकाअनुसार क्वालकमका चीपसेट प्रयोग भएका डिभाइसहरुमा कयौं बगहरुले डिभाइसलाई नियन्त्रण गर्ने र कुनैपनि डाटामा पहुँच पाउने गरेको पत्ता लागेको हो ।

यसले प्रोसेसर कम्पोनेन्टहरुबा बिचमा कम्यूनिकेशन कन्ट्रोल गर्ने सफ्टवेयर ड्राइभरहरु प्रभावित भएका छन, जुन यसलाई समाधान गर्न अझ कठिन भएको छ । यसको लागि क्वालकमले डिभाइस मेकरहरुलाई प्याचहरु आपूर्ति गर्ने र त्यसपछि अन्तिम प्रयोगकर्ताहरुलाई बितरण गर्नु जरुरी भएको क्वालकमले बताएको छ ।Quadroot_01

अनुसन्धानकर्मीहरुले भनेका छन की जबसम्म प्याचहरुले सुरक्षित गरिँदैन् त्यतिबेलासम्म अनुमानित ९ अर्ब क्वालकम चीप्स प्रयोग गर्ने एन्ड्रोयड डिभाइसहरु आक्रमणको जोखिममा रहनेछन् ।Brian-A-Jackson1

कुन कुन फोन खतरामा ?

अनुसन्धानकर्मीहरुले चर्चित कम्पनीका उच्च तहका फोनहरु पनि यसबाट जोखिममा रहेको उल्लेख गरेका छन् । प्रभावित भएका डिभाइसहरुमा ब्ल्याकबेरी प्रिभ (BlackBerry Priv) , ब्ल्याकफोन वान (Blackphone 1) र ब्ल्याकफोन टू (Blackphone 2), गूगल नेक्सस ५ एक्स (Google Nexus 5X), नेक्सस सिक्स (nexus 6)  तथा नेक्सस सिक्स पी (Nexus 6P) , एचटिसी वान (HTC One) , एचटिसी एम नाइन (HTC M9) , र एचटिसी १० (HTC 10), एलजी जी ४ (LG G4), एलजी जी ५ (LG G5), तथा एलजी भी १० 9LG V10) , मोटोरोलाको नयाँ मोटो एक्स (Meto X), वानप्लस वान (One Plus One), वानप्लस टू (One Plus 2) र वानप्लस थ्री (One Plus 3), सामसंग ग्यालेक्सी एस सेभेन (Samsung Galaxy S7) तथा एस सेभेन एज (Galaxy S7 Edge), सोनी एक्सपेरिया जे अल्ट्रा (Sony Xperia Z Ultra) रहेका छन् ।

शंकास्पद एप

चेकप्वाइन्टले भनेको छ की चार वटा बगहरुको सेट, जसलाई क्वाडरुट भनिन्छ, शंकास्पद एपमार्फत बितरण भएको हो ।

यस्ता एपका लागि कुनेपनि विशेष अनुमति आवश्यक पर्दैन र यसले त्यसको फाईदा लिएको छन् । कुनैपनि शंकास्पद प्रयोगकर्ताहरुले जतिखेर यस्ता एप डाउनलोड गर्दछन त्यतिबेला सक्रिय हुन्छन् ।

चेकप्वाइन्टले तेस्रो पक्षका एप स्टोरहरुको प्रयोग नगर्न र थाहा नभएको वाइफाइ नेटवर्कहरुबाट बच्न सल्लाह दिएका छन् । त्यसैगरी आफ्नो डिभाइसलाई अप टू डेट राख्न पनि भनेका छन् ।

चेकप्वाइन्टले क्वाडरुट बग पत्ता लगाउनका लागि क्वाडरुट स्क्यानर गूगल प्लेमा सार्वजनिक गरेको छ, जसले कुनैपनि डिभाइस जोखिममा संचालन भएको छ वा छैन भन्ने जानकारी दिन्छ ।

सुरक्षा फर्म चेकप्वाइन्टले क्वालकमलाई यसको बारेमा यस वर्षको शुरुवातमा नै जानकारी दिईसकेको उल्लेख गरेको छ ।

क्वाडरुट स्क्यानर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

स्रोत माध्यम

easy care

प्रकाशित: २५ श्रावण २०७३, मंगलवार