शाओमी रेडमी नोट प्रोको दुईवटा मोडल सार्वजनिक, हेलियोको डेका-कोर प्रोसेसर

Technology Khabar १४ श्रावण २०७३, शुक्रबार

शाओमी रेडमी नोट प्रोको दुईवटा मोडल सार्वजनिक, हेलियोको डेका-कोर प्रोसेसर

काठमाडौं ।

काठमाडौं, १४ साउन । शाओमीले निकै प्रतिक्षित स्मार्टफोन रेडमी नोट प्रो (Redmi Note Pro) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा रेडमी नोट प्रोको दुईवटा मोडल सार्वजनिक गरेको हो ।

चीनियाँ स्मार्टफोन मेकर शाओमीले हेलियो एक्स २० (Helio X20) मा आधारित तथा हेलियो एक्स २५ (Helio X25) मा आधारित दुई मोडलहरु सार्वजनिक गरेको हो ।

कम्पनीको हेलियो एक्स २० प्रोसेसरसहितको स्मार्टफोनमा ३ जीबीको र्याम र ३२ जीबीको स्टोरेज छ भने अर्को हेलियो एक्स २५ मा ४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज राखिएको छ । कम्पनीले रेडमी नोट प्रोमा राखेको हेलियो एक्स २५ डेका-कोर (Deca-core) प्रोसेसर भएको पहिलो स्मार्टफोन हो ।Redmi-Pro_07

रेडमी नोट प्रोमा ५.५ इन्चको ओएलईडी (OLED) डिस्प्ले रहेको छ । कम्पनीले पहिलो पटक यसमा ड्यूल क्यामरा सेटअप प्रयोग गरेको छ भने यसको क्यामराले डिएसएलआर जस्तो पिक्चर क्वालिटि दिने दाबी गरिएको छ ।

रेडमी नोट प्रोमा २.५ डी ग्लास मेटल बडी छ भने यसको फिंगरप्रिन्ट स्क्यानर होम बटनमा राखिएको छ ।

फोटो खिच्नका लागि यसमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखेको छ । यसको क्यामरामा ड्यूल लेन्स सेटअप राखिएको छ । यसको फ्रन्ट क्यामराका साथमा वाइड एंगल क्यामरा राखिएको छ ।Redmi-Pro_08

रेडमी नोट प्रोमा ६.०.१ मार्शमाल्लोमा आधारित एमआईयूआई ८ अपरेटिंग सिस्टममा संचालन हुन्छ । कनेक्टिभिटीका लागि यसमा फोरजी एलटिई, भीओएलटिई, ब्लूटूथ, जीपीएस, वाईफाई, टाइप सी यूएसबी पोर्टलगायतका फिचर छन् ।

रेडमी नोट प्रो स्मार्टफोनमा ४,०५० एमएएचको ब्याट्री राखिएको छ ।Redmi-Pro_01

शाओमीले चीनियाँ बजारमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेजको रेडमी नोट प्रोको मूल्य १,४९९ अर्थात करिब २,२५ अमेरिकी डलर युआन तथा ४ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य १,९९९ यूआन अर्थात करिब ३,०० डलर तोकेको छ ।

चीनमा अगस्ट ६ तारिखदेखि उपलब्ध हुने यो स्मार्टफोन अन्य बजारमा कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

Global Bank
easy care

प्रकाशित: १४ श्रावण २०७३, शुक्रबार