ह्वावे ‘पी नाइन’ स्मार्टफोन नेपाली बजारमा, डिलक्स भर्सन पनि उपलब्ध, मूल्य रु.५९,९९९/-

Technology Khabar ९ श्रावण २०७३, आईतवार

ह्वावे ‘पी नाइन’ स्मार्टफोन नेपाली बजारमा, डिलक्स भर्सन पनि उपलब्ध, मूल्य रु.५९,९९९/-
ह्वावे पी नाइन सार्वजनिक गरिँदै । तस्विरः माेबाइल्सखबर डटकम

काठमाडौं ।

काठमाडौं, ९ साउन । ह्वावेले आफ्नो सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइन (P9) नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमका बिच ह्वावे पी नाइन स्मार्टफोन सार्वजनिक गरेको हो ।

ह्वावे स्मार्टफोन नेपालमा हेर्दै आएको ह्वावे मोबाइल्स*ले नेपाली बजारमा ह्वावे पी नाइन सार्वजनिक गरेको हो । यो स्मार्टफोन मोबाइल फोटोग्राफीको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।

ह्वावे पी नाइन सार्वजनिक गरिँदै । तस्विरः माेबाइल्सखबर डटकम
ह्वावे पी नाइन सार्वजनिक गरिँदै । तस्विरः माेबाइल्सखबर डटकम

नेपाली बजारमा प्रेसटिज गोल्ड, टाइट्यानियम ग्रे र मिस्टिक सिल्भर कलरमा उपलब्ध ह्वावेले पी नाइनको मूल्य ५९,९९९/- तोकेको छ ।

कम्पनीले ह्वावे पी नाइनका साथै पी नाइन डिलक्स (P9 Deluxe) पनि नेपाली बजारमा भित्र्याएको छ । यो स्मार्टफोनमा मेटल फिनिसिंग प्रविधि प्रयोग गरिएको छ भने मक सेरामिक फिनिसमा पनि यो उपलब्ध हुनेछ । पी नाइन डिलक्स स्मार्टफोन हेज गोल्ड र सेरामिक ह्वाइटमा उपलब्ध हुनेछ ।

ह्वावे पी नाइन सार्वजनिक गरिँदै । तस्विरः माेबाइल्सखबर डटकम
ह्वावे पी नाइन सार्वजनिक गरिँदै । तस्विरः माेबाइल्सखबर डटकम

नेपालमा ह्वावे ब्राण्डको आधिकारिक बितरक कल मोबिलिटीका बजार प्रबन्धक रोशन न्यौपानलेले यो स्मार्टफोन सार्वजनिक हुने दिनसम्म करिब १ सय २० वटा बुकिंग भएको जानकारी दिए । उनले भने, “बुकिंग भएका सबैले फोन नकिन्ने र करिब ८० प्रतिशतले फोन किन्ने गरेका छन् ।”

ह्वावे पी नाइन सार्वजनिक गरिँदै । तस्विरः माेबाइल्सखबर डटकम
ह्वावे पी नाइन सार्वजनिक गरिँदै । तस्विरः माेबाइल्सखबर डटकम

ह्वावे पी नाइनको विशेषताहरु

हुवावेको नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइनमा ५.२ इन्चको स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन १०८०x१९२० पिक्सेल रहेको छ ।

हुवावे पी नाइन १.८ गीगाहर्जको अक्टा-कोर हिसिलिकन किरिन ९५५ प्रोसेसरद्धारा संचालित हुन्छ भने यसमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज राखिएको छ, यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा २५६ जीबीसम्म बढाउन सकिन्छ । त्यस्तै यसको अर्को भर्सनमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखिएको छ ।

यो स्मार्टफोनको सबैभन्दा मूख्य विशेषता भनेको यसमा भएको ड्यूल रियर क्यामरा (Dual rear camera) हो । यसमा १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिएको छ, जसमा लाइका अप्टिकको लेन्स प्रयोग गरिएको छ । त्यस्तै यसमा ड्यूल एलईडी फ्ल्याश पनि राखिएको छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ, जीपीएस एनएनफसी, यूएसबी टाइप सी पोर्टलगायतका फीचर छन् । त्यस्तै यसमा फिंगरप्रिन्ट, एक्सेलेरोमिटर, गाईरो, प्रोक्सिमिटी, कम्पासलगायत राखिएको छ । पी नाइनमा सिंगल सिम तथा हाइब्रीड सिम स्लटको छुट्टाछुट्टै मोडल रहेको छ, जसमा एकैपटक दुईवटा सिम वा एक सिम र एक एसडी कार्ड प्रयोग गर्न सकिने जीएसएम एरेनामा उल्लेख छ ।

पी नाइनमा ३,००० एमएएचको नन रिमूभेवल ब्याट्री राखिएको छ । यो विश्व बजारमा सेरामिक ह्वाइट, हेज गोल्ड, रोज गोल्ड, टाइटानियम ग्रे, मिस्टिक सिल्भर, प्रेस्टिज गोल्ड कलर अप्सनमा उपलब्ध छ ।

*सम्पादन गरिएको

easy care

प्रकाशित: ९ श्रावण २०७३, आईतवार