हुवावेको ‘पी नाइन’ नेपाल आउँदै, जूलाई २२ तारिखमा सार्वजनिक हुने

Technology Khabar २६ असार २०७३, आईतवार

हुवावेको ‘पी नाइन’ नेपाल आउँदै, जूलाई २२ तारिखमा सार्वजनिक हुने
मोबाइल्सखबरलाई प्राप्त ह्वावेको नेपाल अाउन लागेको पी नाइन मोडलको भनिएको फोटो ।

काठमाडौं ।

काठमाडौं, २६ असार । माथि दिईएको तस्विर नेपालमा आउन लागेको नयाँ स्मार्टफोनको हो । विश्वमा निकै चर्चा कमाएको स्मार्टफोन यहि जूलाईमा नेपाली बजारमा सार्वजनिक हुन लागेको छ । यो तस्विर हेर्दा तपाईँलाई कुनै नयाँ ब्राण्ड नेपालमा आयो भन्ने लाग्यो होला । तर यो कुनै नयाँ ब्राण्डको स्मार्टफोन होईन यो त नेपालमा विभिन्न मोडलका स्मार्टफोनहरु भटाभट सार्वजनिक गरिरहेको चीनियाँ ब्राण्ड ह्वावेको मोबाइल फोन हो ।

ह्वावेले नेपाली बजारमा नयाँ फ्ल्यागशिप पी नाइन (Huawei P9) ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यसको लागि आफ्नो फेसबुक पेजमा नयाँ टिजर पनि केहि दिन अघि सार्वजनिक गरिसकेको छ । उक्त टिजरअनुसार कम्पनीले यहि जूलाई २२ तारिखमा नेपालमा पी नाइन सार्वजनिक गर्न लागेको हो ।Huawei Mobile Nepal 2016-07-07 19-20-35

विश्व बजारमा केहि महिना अघि सार्वजनिक भएको हुवावेको पी नाइन स्मार्टफोन यो वर्षको चर्चित फोनहरु मध्ये एक हो । यो स्मार्टफोनमा विशेषगरि ड्यूल रियर क्यामरा राखिएको हुँदा निकै चर्चामा आयो ।

मोबाइल्सखबरलाई प्राप्त यो स्मार्टफोनको अग्रभागको तस्विरमा ओनिक्स लेखिएको देखिन्छ भने पछाडिको भागमा क्यामराको छेउमा डिलक्स लेखिएको छ । यो नेपालमा आएको पी नाइनको टेस्ट फोन भएको स्रोतले दाबी गरेको छ तर स्रोतले आफ्नो परिचय उल्लेख गर्न चाहेन् । त्यसैले यसमा ब्राण्ड नेम राखिएको छैन् भने लेन्सको नाम पनि उल्लेख गरिएको छैन् । यसमा भएको ड्यूल रियर क्यामराले गर्दा यो स्मार्टफोन ह्वावे पी नाइन नै हो भन्ने दाबी गर्न सकिन्छ ।Huawei-P9_022

त्यस्तै यसको डिजाइन सार्वजनिक भएको पी नाइनको डिजाइनसँग हुबहु मिल्दछ । कम्पनीले व्यवसायीकरुपमा नेपाल ल्याउने पी नाइनमा भने ओनिक्सको स्थानमा ह्वावे र लेन्सको छेउमा लाइका अप्टिकको स्थानमा डिलक्स लेखिएको अनुमान गर्न सकिन्छ ।

विश्वबजारमा सार्वजनिक भएको ह्वावे पी नाइनको ब्याक साइडको फोटो ।
विश्वबजारमा सार्वजनिक भएको ह्वावे पी नाइनको ब्याक साइडको फोटो ।

ह्वावेले पी नाइनको तीन फरक फरक संस्करणहरु सार्वजनिक गरेको छ । यसमा ह्वावे पी नाइन स्ट्याडण्र्ड भर्सन, पी नाइन प्लस र पी नाइन लाइट स्मार्टफोनहरु पर्दछन् । यसमध्ये कम्पनीले पी नाइन लाइट स्मार्टफोन औपचारिकरुपमा सार्वजनिक नगरिकन बजारमा बिक्रीमा ल्यायो ।

हुवावे पी नाइन

हुवावेको नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइनमा ५.२ इन्चको स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन १०८०x१९२० पिक्सेल रहेको छ ।

हुवावे पी नाइन १.८ गीगाहर्जको अक्टा-कोर हिसिलिकन किरिन ९५५ प्रोसेसरद्धारा संचालित हुन्छ भने यसमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज राखिएको छ, यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा २५६ जीबीसम्म बढाउन सकिन्छ । त्यस्तै यसको अर्को भर्सनमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखिएको छ ।

यो स्मार्टफोनको सबैभन्दा मूख्य विशेषता भनेको यसमा भएको ड्यूल रियर क्यामरा (Dual rear camera) हो । यसमा १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिएको छ, जसमा लाइका अप्टिकको लेन्स प्रयोग गरिएको छ । त्यस्तै यसमा ड्यूल एलईडी फ्ल्याश पनि राखिएको छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ, जीपीएस एनएनफसी, यूएसबी टाइप सी पोर्टलगायतका फीचर छन् । त्यस्तै यसमा फिंगरप्रिन्ट, एक्सेलेरोमिटर, गाईरो, प्रोक्सिमिटी, कम्पासलगायत राखिएको छ । पी नाइनमा सिंगल सिम तथा हाइब्रीड सिम स्लटको छुट्टा छुट्टै मोडल रहेको छ, जसमा एकैपटक दुईवटा सिम वा एक सिम र एक एसडी कार्ड प्रयोग गर्न सकिजे जीएसएम एरेनामा उल्लेख छ ।

पी नाइनमा ३,००० एमएएचको नन रिमूभेवल ब्याट्री राखिएको छ । यो विश्व बजारमा सेरामिक ह्वाइट, हेज गोल्ड, रोज गोल्ड, टाइटानियम ग्रे, मिस्टिक सिल्भर, प्रेस्टिज गोल्ड कलर अप्सनमा उपलब्ध छ ।

नेपालमा यो स्मार्टफोन सिमित कलर अप्सनमा मात्र उपलब्ध हुनसक्ने स्रोतले जानकारी दिएको छ । त्यस्तै यसको कुन भर्सन नेपालमा उपलब्ध हुन्छ भन्ने जानकारी नभएपनि यो स्मार्टफोन व्यवसायीकरुपमा यो साता मात्र नेपाल भित्र्ने कम्पनी जानकार स्रोतले बताएको छ । यसको मूल्य नेपाली बजारमा कति हुन्छ भन्ने जानकारी नभएपनि करिब ७५ हजार रुपैंयाको हाराहारीमा हुने अनुमान जानकारहरुले गरेका छन् । बेलायती बजारमा ३ जीबी, ३२ जीबी भर्सनको मूल्य देश ५९९ यूरो तोकिएको छ भने छिमेकी मुलुक भारतमा यो फोन सार्वजनिक भएको छैन् । भारतमा यो फोनको मूल्य करिब ४६ हजार भारु हुनसक्ने विभिन्न समाचारमा उल्लेख छ ।

यसको बारेमा अौपचारिकरुपमा बुझ्न ह्वावे टेक्नोलाेजीज् नेपाल कम्पनी प्रालिको तर्फबाट मोबाइलको बजारीकरण हेर्ने सुमित प्रधानांगसँग फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन्।

यो फोनको नेपालमा सार्वजनिक कार्यक्रमको बारेमा नयाँ विषय आएमा हामी तत्काल उल्लेख गर्नेछौं ।

ह्वावेको पी नाइन नेपालमा कस्तो होला ? तपाईँको विचार कमेन्ट बक्समा उल्लेख गर्नुहोला ।

easy care

प्रकाशित: २६ असार २०७३, आईतवार