माइक्रोम्याक्सद्धारा क्यानभास सेल्फी फोर बजारमा सार्वजनिक

काठमाडौं, २२ असार । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । मोबाइल निर्माता भारतीय कम्पनी माइक्रोम्याक्सले क्यू ३४९ क्यानभास सेल्फी फोर (Canvas Selfie 4) बजारमा ल्याएको हो ।

बजेट स्मार्टफोनको रुपमा आएको क्यानभास सेल्फी फोर १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ भने यसमा १ जीबीको र्याम रहेको छ । यो फोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ भने यसमा २,५०० एमएएचको ब्याट्री रहेको छ ।

क्यानभास सेल्फी फोर उच्च रिजोल्यूशनसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट फेसिंग क्यामरासहित आउँछ, जसमा प्रोक्सिमिटसी सेन्सर प्रयोग गरिएको छ ।

यसमा भएको ट्याप सेन्सले यो फोनलाई थप आकर्षक बनाएको छ भने फोटो खिच्दै फोन कलको जवाफ दिन सकिने सुविधा रहेको छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ड्यूल माइक्रो सिम प्रयोग हुन्छ । यसमा ८ जीबीको इन्टरनल रोम रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ भने यसले थ्रीजी सपोर्ट गर्दछ ।

बजेट स्मार्टफोनको रुपमा बजारमा उपलब्ध यो स्मार्टफोनको मूल्य रु ११,११०/- तोकिएको कम्पनीले जनाएको छ ।