Monthly Archives: July 2016

शाओमी एमआई म्याक्स नेपाली बजारमा, ६.४ इन्चको फ्याबलेटको मूल्य रु. ३४,९९९।- मात्र

काठमाडौं, १६ साउन । शाओमी ब्राण्डका फोनहरु नेपालमा आयात तथा बिक्री गर्दै आएको बत्सल इम्पेक्स प्रालिले शाओमीको नयाँ स्मार्टफोन ल्याएको छ । कम्पनीले बिहिवारदेखि बजारमा उपलब्ध हुनेगरि नयाँ स्मार्टफोन शाओमी एमआई म्याक्स (Xiaomi Mi Max) सार्वजनिक गरेको हो । कम्पनीले आइतवार ब्लगर्सहरुसँगको छलफलमा नेपाली बजारमा एमआई म्याक्स उपलब्ध भएको जानकारी दिएको छ । यो स्मार्टफोन हाल प्रि-बुकिंगका लागि खुल्ला गरेको ...

Read More »

सिजीले इओन ब्लेज गोल्ड सार्वजनिक गर्यो, एन्ड्रोयड मार्शमाल्लो ६.० मा आधारीत बजेट स्मार्टफोन

काठमाडौं, १४ साउन । नेपालको प्रमुख इलेक्ट्रोनिक्स कम्पनी सिजीले नयाँ स्मार्टफोन मोडल बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सिजी इओन सिरिजको नयाँ स्मार्टफोन सिजी इओन ब्लेज गोल्ड (CG EON Blaze Gold) भर्सन सार्वजनिक गरेको हो । सिजीले यसअघि बजारमा ल्याएको सिजी इओन ब्लेजको गोल्ड भर्सन सार्वजनिक गरेको हो । बजेट स्मार्टफोन भएपनि एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लोमा ६.० मा ...

Read More »

आईफोन सेभेनको प्रि-अर्डर सेप्टेम्बर ९ तारिखदेखि, थ्री डी टच होम बटन हुनसक्ने

काठमाडौं, १४ साउन । एप्पलको नयाँ फ्ल्यागशिप आईफोन सेभेन (iPhone 7) यहि सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने हल्लाहरु यसअघि आएपनि नयाँ आईफोन सेप्टेम्बर ६ तारिखमा सार्वजनिक हुने यसका जानकारहरुले बताएका छन् । त्यसैगरी नयाँ आईफोनको प्रि अर्डरको जानकारी पनि बाहिर आएको छ । नयाँ आउने आईफोन सेभेन तथा आईफोन सेभेन प्रो (iPhone 7 Pro) को आधिकारिकरुपमा प्रि-अर्डर सेप्टेम्बर ९ तारिखदेखि ...

Read More »

शाओमी रेडमी नोट प्रोको दुईवटा मोडल सार्वजनिक, हेलियोको डेका-कोर प्रोसेसर

काठमाडौं, १४ साउन । शाओमीले निकै प्रतिक्षित स्मार्टफोन रेडमी नोट प्रो (Redmi Note Pro) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा रेडमी नोट प्रोको दुईवटा मोडल सार्वजनिक गरेको हो । चीनियाँ स्मार्टफोन मेकर शाओमीले हेलियो एक्स २० (Helio X20) मा आधारित तथा हेलियो एक्स २५ (Helio X25) मा आधारित दुई मोडलहरु सार्वजनिक गरेको हो । कम्पनीको हेलियो एक्स २० प्रोसेसरसहितको स्मार्टफोनमा ...

Read More »

एनसेलद्धारा त्रिवि टिचिङ् हस्पिटलमा डायलाईसिस सेन्टरको निर्माण

काठमाडौं, १४ साउन । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण सम्पन्न भएको छ । मृगौला सम्बन्धि स्वास्थ्य समस्या दिनानु दिन बढि रहेको अवस्थामा सर्वसाधारणलाई मृगौला सम्बन्धि रोगको उपचार देश भित्रै सहज बनाउन योगदान पुर्याउने उदेश्य लिई एनसेलले सन् २०१४ मा देशको अग्रणी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि आर्थिक ...

Read More »

शाओमीले पहिलो पटक ल्यापटप सार्वजनिक गर्यो, एप्पलको म्याकबुक एयरलाई टक्कर दिने दाबी

काठमाडौं, १३ साउन । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले पहिलो पटक ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले यसअघि नै ल्यापटप बजारमा ल्याउने चर्चा भईरहेको थिए भने एप्पलको म्याकबुकलाई टक्कर दिनेगरी ल्यापटप ल्याउने अनुमान गरिएको थियो । कम्पनीले निकै लामो प्रयासपछि पहिलो पटक नोटबुक सार्वजनिक गरेको छ । कम्पनीले यसलाई एमआई नोटबुक एयरको (Mi Notebook Air) नाममा सार्वजनिक गरेको छ, जुन ...

Read More »

माइक्रोम्याक्सको नयाँ ल्यापटप सार्वजनिक, विण्डोज १० मा आधारित

काठमाडौं, १२ साउन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ल्यापटपको नयाँ सिरिज माइक्रोम्याक्स इग्नाइट (Micromax Ignite) नाममा सार्वजनिक गरिएको हो । यो ल्यापटप सिरिज भारतीय बजारमा मात्र हाल उपलब्ध रहेको छ । यो सिरिजको नयाँ ल्यापटप भारतीय ई-कमर्श साइट फ्लिपकार्टमा उपलब्ध गराएको छ । माइक्रोम्याक्सको यो ल्यापटपमा इन्टेल पेन्टियम एन३७०० (Intel Pentium N3700) ...

Read More »

जियोनीको एम सिक्स तथा एम सिक्स प्लस सार्वजनिक, डाटाका लागि छुट्टै चीप सुरक्षा

काठमाडौं, १२ साउन । जियोनीले हालै नयाँ स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले मेटल क्ल्याड डुओ भएको नयाँ स्मार्टफोन जियोनी एम सिक्स (Gionee M6) तथा एम सिक्स प्लस (M6 Plus) सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेका दुबै फोनहरु व्यवसाय गर्ने मानिसहरुलाई लक्षित गरेर ल्याईएको बताईएको छ । त्यसैले यसमा डेडिकेटेड सेक्यूरिटी चीप राखिएको छ, जसले प्रयोगकर्ताहरुको डाटा ...

Read More »

अफ ग्रिड उर्जा प्रवद्र्धनका लागि एनसेलको सहकार्य

काठमाडौं, १२ साउन । एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका निमित्त घाम पावर प्रा. लि.सँग एक सम्झौतासहित सहकार्य गरेको छ । यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ् र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यमबाट त्यहाँका स्थानियबासीलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित गरेकोे छ । सम्झौता अनुसार, घाम पावरद्वारा ओखलढुङ्गा र खोटाङ्मा स्थापना गरिएको तीन ...

Read More »

जियोनि एफ १०३ प्रो बजारमा, सेल्फी प्रेमीहरुमा केन्द्रित ‘सेल्फी मास्टर’

काठमाडौं, १२ साउन । जियोनिले नेपाली बजारमा नयाँ मोडेल जियोनि एफ १०३ प्रो (Gionee F103 Pro) ल्याएको छ । यसअघि ल्याईएको एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउने नेपाली युवा जमातमा लक्षित छ । एफ १०३ प्रोलाई “सेल्फी मास्टर“ को नाममा जियोनिले नेपाली बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ । एफ १०३ को तुलनामा एफ १०३ ...

Read More »