फेसबुकको मोबाइल वेब एपमा च्याट गर्न नपाईने, म्यासेन्जर डाउनलोड गर्नुपर्ने

Technology Khabar २३ जेष्ठ २०७३, आईतवार

फेसबुकको मोबाइल वेब एपमा च्याट गर्न नपाईने, म्यासेन्जर डाउनलोड गर्नुपर्ने

काठमाडौं ।

काठमाण्डौं, २३ जेठ । फेसबुकले अब मोबाइलमा फेसबुक साइटबाट नै च्याट गर्ने सुविधा हटाउने भएको छ । कम्पनीले मोबाइल वेब एप्लिकेसन (mobile web application) बाट म्यासेज गर्ने अर्थात च्याट गर्ने सुविधा हटाएको हो ।

फेसबुकले अहिले मोबाइलमा म्यासेन्जर नभएका र वेब एप्लिकेसनबाट नै च्याट गरिरहेका प्रयोगकर्ताहरुलाई नोटिसद्धारा जानकारी दिईरहेको छ । उक्त नोटिसमा ‘योर कन्र्भसेशन्स आर मूभिंग टू मेसेन्जर (Your conversationक are moving to Messenger’ भनेर अंग्रेजीमा लेखिएको छ । यसको अर्थ प्रयोगकर्ताको च्याट गर्ने वा म्यासेज गर्ने प्रकृयालाई अब फेसबुकको वेब भर्सनबाट म्यासेन्जरमा (Messenger app) पठाईएको हो । nomoremessages

यसअघि प्रयोगकर्ताले म्यासेन्जर वा वेब एप्लिकेसनको अप्सन छनौट गरेर च्याट गर्दै आएका थिए । अब भने फेसबुक प्रयोगकर्ताले फेसबुक एपका साथमा अर्को एप म्यासेन्जर एप डाउनलोड गर्नुपर्ने हुन्छ । उक्त नयाँ सुविधामा भने प्रयोगकर्ताले यदि म्यासेन्जर एप डाउनलोड गरेन भने उसले फेसबुक एपमार्फत म्यासेज आएको नोटिफिकेसन पाएपनि त्यो म्यासेज हेर्न वा त्यसको प्रतिउत्तर दिन सक्नेछैन् ।

फेसबुकले यस्तो गर्नुको उदेश्य भनेको म्यासेन्जर एपमा प्रयोगकर्ताको संख्या बढाउनु नै हो । यसअघि अप्रिलमा म्यासेन्जर एपका प्रयोगकर्ताको संख्या ९० करोड भन्दा बढि पुगिसकेको छ । तर कम्पनीले यो संख्यालाई बढाएर १ अर्ब पुर्याउन खोजेको हो भन्ने अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ फेसबुक एपबाट नै च्याट वा म्यासेज आदान प्रदान गर्दै आएका प्रयोगकर्ताले पुन नयाँ एप डाउनलोड गर्नुपर्दछ । तर कम क्षमताका मोबाइल फोन भएका, नयाँ अपरेटिंग सिस्टममा अपग्रेड हुन नसक्ने प्रयोगकर्ता वा सुस्त गतिको इन्टरनेट भएकाका लागि भने नयाँ प्रणालीले काम गर्नेछैन् ।

अब फेसबुकमा च्याट कसरी गर्ने ?

अब फेसबुकको एपबाट च्याट गर्ने सुविधा हटाएपछि कसरी साथीभाईहरुसँग च्याट गर्ने भन्ने चिन्ता तपाईँलाई भयो होला । तर आत्तिहाल्नु पर्दैन् ।facebook-messenger

अब च्याट गर्नको लागि तपाईँले आफ्नो स्मार्टफोनमा फेसबुककै च्याट गर्ने एप म्यासेन्जर डाउनलोड गर्नुपर्ने हुन्छ । यो एप गूगलको प्ले स्टोर वा आईफोनका लागि एप्पलको स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

यो एप डाउनलोड गरेर त्यसमा फेसबुकमा भएका सबै साथीहरु को को अनलाइन छन र को को अफलाइन छन भनेर हेर्न सकिन्छ । त्यस्तै तपार्इँ जोडिनुभएको कुनै च्याटिंग ग्रुपको बारेमा पनि जानकारी लिन सकिन्छ भने नयाँ साथीहरुलाई म्यासेन्जरमा निम्तो पनि गर्न सकिन्छ ।

यो एपको माध्यमबाट अनलाइनमा रहेका साथीहरुसँग भ्वाइस कलिंगमार्फत कुरा गर्न वा भिडियो कल गरेर प्रत्यक्ष कुरा गर्ने सुविधा रहेको छ ।

यो एपबाट पनि पहिलेकै जस्तो नियमित च्याट गर्न सकिन्छ भने नयाँ म्यासेज आएको खण्डमा तपाईँको फोनको डिस्प्लेमा नोटिफिकेसन आउँछ, यसमा डिस्प्लेको कुनै भागमा गोलाकार नोटिफिकेसन आएको हुन्छ र सिधै तपाईँले के म्यासेज आएछ भनेर हेर्न सक्नुहुनेछ ।

तर यो सुविधा उपयोग गर्नका लागि र एप डाउनलोड गर्नका लागि भने तपाईँको स्मार्टफोनमा इन्टरनल स्टोरेज हुन आवश्यक छ भने अपरेटिंग सिस्टम पनि त्यो स्तरको हुन आवश्यक छ ।

म्यासेन्जर(Messenger) यहाँबाट डाउनलोड गर्नसकिन्छ ।

माध्यम

easy care

प्रकाशित: २३ जेष्ठ २०७३, आईतवार