Monthly Archives: June 2016

सानडिस्कको २५६ जीबीको माईक्रोएसडी कार्ड, फोर के भिडियो रेकर्डका लागि उपयोगी

काठमाडौं, १६ असार । सान डिस्क (SanDisk) कम्पनीले सांघाइमा आयोजना भईरहेको मोबाइल वर्ल्ड कंग्रेसको अवसर पारेर द्रूत क्षमताको मेमोरी कार्ड  सार्वजनिक गरेको छ । कम्पनीले अहिले २५६ जीबी क्षमताको माइक्रो एसडी कार्ड (microSD) सार्वजनिक गरेको हो । सान डिस्कले हाल २५६ जीबीको माइक्रोएसडी एक्ससी यूएचएस वान (microSDXC UHS-I) कार्ड तयार पारेको र यो छिटै बजारमा आउने भएको छ । सान ...

Read More »

ट्वीटरमा अब नाईट मोड अप्सन, एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध

काठमाडौं, १६ असार । ट्वीटरले निकै प्रयासपछि नाईट मोड (Night Mode) अप्सन एपमा जोडेको छ । ट्वीटरले यो नाईट मोड अप्सन हाल एन्ड्रोयड भर्सनको मोबाइल एपमा मात्र उपलब्ध गराएको छ । केहि समयअघिदेखि मानिसहरुले खोजीरहेको नाईट मोड अप्सन भर्खर मात्र आएको हो । यो अप्सन एन्ड्रोयड बाहेकका भर्सनमा भने उपलब्ध छैन् । त्यस्तै एन्ड्रोयडपछिको सबैभन्दा धेरै प्रयोगमा रहेको आईओएस भर्सनमा ...

Read More »

सगुन डटकमले क्राउडफण्डिंग गर्दै, ५ लाख डलर लगानीको अपेक्षा

काठमाडौं, १६ असार । सामाजिक संजाल सगुन डटकमले लगानीकर्ताका लागी आव्हान गरेको छ । सगुनले बुधवार पत्रकार सम्मेलन गर्दै नयाँ लगानीकर्ताहरुका लागि क्राउडफण्डिंगमार्फत आव्हान गरेको जानकारी दिएको छ । नेपालीको लगानीमा स्थापना भएको सामाजिक संजाल सगुनले इक्विटी क्राउडफण्डिंग बैंकरोलमार्फत न्यूनतम ५ हजार अमेरिकी डलर लगानी खुला गरेको हो । कम्पनीले क्राउडफण्डिंगबाट कम्तिमा ५ लाख अमेरिकी डलर लगानी उठाउने अपेक्षा गरेको ...

Read More »

भुकम्प पिडित साना किसानका लागि पुर्नस्थापना कर्जा लगानी

काठमाडौं, १५ असार । भुकम्प पिडित साना किसानहरुको जीविकोपार्जन पुर्नस्थापनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त ऋणमा क्षमता विकासका कार्यक्रमहरु शुरु भएका छन् । साना किसान विकास बैंकलाई प्राप्त भएको साढे ५ लाख ५० हजार अमेरिकी डलर लगानीमा उक्त कार्यक्रम शुरु भएको हो । पहिलो चरणमा उक्त ऋणबाट धादिङ्ग, नुवाकोट र रसुवाका साना किसान सहकारी संस्थाहरुमा आवद्ध साना किसानहरु लाभान्वित हुनेछन् ...

Read More »

सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ्ग सेवा

काठमाडौं, १५ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले असार १३ गतेदेखि सेवा विस्तार गर्दै धनकुटा भेडेटारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले यसअघि घोरेटार (भोजपुर), चौमाला (कैलाली), त्रिभुवनवस्ती (कंचनपुर), केराबारी (मोरंङ), लामीडांडा (खोटाङ्ग), कटरिया (रौतहट), महादेवस्थान (हलेशी ( खोटाङ्ग) र बाक्सिला (खोटाङ्ग) बाट शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको जानकारी दिएको छ । आ.व. २०७२÷७३ को चैत्र मसान्त ...

Read More »

माइक्रोम्याक्स क्यानभास सिक्स बजारमा, ३ जीबी र्याम र ५.५ फूलएचडी डिस्प्ले

काठमाडौं, १५ असार । माइक्रोम्याक्सले बजारमा क्यानभास सिक्स (Canvas 6) स्मार्टफोन भित्र्याएको छ । कम्पनीले यो साताको शुरुवातदेखि नै बजारमा क्यानभास सिक्स फोन उपलब्ध गराएको हो । कम्पनीले ई४८५ (E485) मोडल नम्बरमा सार्वजनिक गरेको क्यानभास सिक्स स्मार्टफोनमा १.३ गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ भने यसमा ३ जीबीको र्यामका साथमा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो ...

Read More »

एनसेलको ‘नाईट डेटा प्याक’, ईन्टरनेटको शुल्क १० पैसा प्रति एमबी

काठमाडौं, १५ असार । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा कर बाहेक १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डेटा प्याक’ ल्याएको छ । असार १५ गते बुधबारदेखि सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक नाईट डेटा प्याक खरिद गरी रातको १० बजे देखि बिहान ६ बजे सम्म अझ ...

Read More »

ओबी वर्ल्डफोनको नयाँ योजना, ५ वटा ओबी डिभाइस जित्ने अवसर

काठमाडौं, १४ असार । अमेरिकाको सान फ्रान्सिस्कोमा आधारित रहेको ओबी वर्ल्डफोनले आफ्ना उपभोक्ताहरुलाई ओबी डिभाइस जित्ने मौका दिएको छ । कम्पनीले नेपालमा आफ्ना दुई स्मार्टफोनहरु एसएफ १ (SF1) तथा एसजे १.५ (SJ1.5) सार्वजनिक गरेको उपलक्ष्यमा नयाँ योजना ल्याएको हो । कम्पनीले यो योजनामा सहभागीहुन चाहने सहभागीहरुले नजिकैको स्टोरहरुमा गएर दुबै फोनहरुको बारेमा जानकारी लिनुपर्नेछ । स्टोरमा जाने सहभागीहरुले ओबी स्मार्टफोनमा ...

Read More »

ग्यालेक्सी नोट सेभेनमा ५.७ इन्चको क्यूएचडी सूपर एमोलेड डिस्प्ले, आईरिस स्क्यानर पनि

काठमाडौं, १४ असार । सामसंगको नयाँ डिभाईस ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) आउने चर्चा निकै दिनदेखि रहेको छ । यहि अगस्टमा सार्वजनिक हुनसक्ने नोट सेभेनको विभिन्न जानकारीहरु अहिले स्पष्टरुपमा बाहिर आएका छन् । यसअघि नोट सिक्स हुने वा सेभेन हुने चर्चाका बिच सामसंगले ग्यालेक्सी नोट सेभेन नाममा नयाँ डिभाईस ल्याउने भएको छ । त्यसैगरी नयाँ नोट फोनमा ५.७ इन्चको ...

Read More »

नेपाल श्रीलंका उद्योग वाणिज्य संघको नवौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १४ असार । नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल र छिमेकी मित्र राष्ट्र जनवादी गणतन्त्र श्रीलंका वीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ र विस्तार गर्न निजिक्षेत्रबाट संगठित योगदान गर्ने अभिप्रायले सन् २००६ मा यस संघको स्थापना भएको हो । संघले दुई देश वीचको आर्थिक सम्बन्धलाई प्रवद्र्धन गर्ने सन्दर्भमा व्यापार तथा लगानी, पर्यटन ...

Read More »