Monthly Archives: May 2016

पर्यटन प्रबद्र्धनका लागि अतिथि देवो भवः अभियान

काठमाडौं, ५ जेठ । नेपालको पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्नका लागि अतिथि देवो भवः अभियान संचालन गरिने भएको छ । पर्यटन प्रबद्र्धनका लागि ल्याईएको उक्त अभियान संचालन गर्न नेपाल पर्यटन बोर्ड र गैर आवासिय संघ नेपालबिच सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार राजधानीमा आयोजित सम्झौता कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी र गैर आवासीय नेपाली संघका उपाध्यक्ष ...

Read More »

सामसङ डिजिटल प्लाजा अब नेपालगञ्जमा

काठमाडौँ, ५ जेठ । ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा सुर्खेत रोड, नेपालगञ्जमा शुरुवात गरेको छ । सामसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा, सुर्खेत रोड, नेपालगञ्जमा खोलिएको हो । नेपालगञ्ज उद्योग व्यापार ...

Read More »

संमृद्धिसहितको समाजबाद उन्मुख बजेटः अर्थमन्त्री

काठमाडौं, ५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले संमृद्धिसहितको समाजवाद उन्मुख बजेट ल्याउने भन्दै अनुत्तरदायी बजेट नल्याउने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा मन्त्री पौडेलले संविधान, संघियता कार्यान्वयन र नयाँ चरणको आर्थिक विकासका लागि औपचारिक रुपमा सुझाव आएको बताए । रोजगारी सृजना, आर्थिक वृद्धि, कृषि, उर्जा क्षेत्रमा बजेट केन्द्रित गर्न सुझाव ...

Read More »

क्लियर टिभी सेवाका लागी होटल अन्नपुर्ण र सुबिसुबिच सम्झौता

काठमाडौं, ५ जेठ । होटल अन्नपूर्णले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय टिभि हेराईको अनुभव प्रदानगर्न सुबिसु केबलनेट (प्रा.) लि.सँग डिजिटल टिभी सेवा क्लियर टिभीका लागी साझेदारी गरेको छ । क्लियर टिभी प्रदान गर्न होटल अन्नपूर्णका महाप्रबन्धक अभिनभ राना र सुबिसु केबलनेट (प्रा.) लि का प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सहकार्यसँगै होटल अन्नपुर्णका सम्पूर्ण कक्षहरुमा ...

Read More »

लेनोभो स्मार्टफोनमा ‘क्यास काउण्ट’ योजना

काठमाण्डौ, ३ जेठ  । नेपालमा लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि. ले नेपाली ग्राहकहरुको मोवाइल प्रति बढ्दो मागलाई ध्यानमा राखेर क्यास काउन्ट नामक नयाँ योजना प्रस्तुत गरेको छ । लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्टफोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जुन स्क्रयाच गरि स्योर सट पाँच सय रुपैंयादेखि एक रुपैंयालाख सम्म क्यास काउण्ट गर्ने अवसर पाउने कम्पनीले ...

Read More »

आईफोन एसई नेपाली बजारमा, तीन वटा स्टोरेज मोडलमा अाउने

काठमाडौं, ३ जेठ । एप्पलको चार इन्चको स्क्रीन भएको आईफोन एसई (iPhone SE) नेपाली बजारमा आएको छ । निकै अगाडि बजारमा आउने चर्चा रहेपनि भर्खरै मात्र बजारमा आईफोन एसई आएको हो । एप्पलको सानो स्क्रीन भएको स्मार्टफोन मनपराउने ग्राहकहरुलाई ध्यानमा राखेर मार्च ३१ तारिखमा विश्व बजारमा बिक्रीका लागि उपलब्ध गरिएको यो फोन करिब डेढ महिनापछि नेपाली बजारमा आएको हो । ...

Read More »

वान प्लस थ्रीमा यूएसबी टाइप-सी पोर्ट हुने, नयाँ स्मार्टफोनको लाइभ इमेज आयो

काठमाडौं, ३ जेठ । वानप्लस स्मार्टफोनको नयाँ फ्ल्यागशिप वान प्लस थ्रीको (One Plus 3) बारेमा विभिन्न समाचारहरु सार्वजनिक भई नै रहेका छन् । यहि बिचमा वान प्लस थ्रीको बारेमा नयाँ जानकारी लीक भएको छ । अहिले वानप्लस थ्रीको विभिन्न भागको लाइभ इमेज सार्वजनिक भएको छ । लाइभ इमेजमा वान प्लस थ्रीको अगाडिको भाग तथा तल्लो भागको बारेमा जानकारीहरु देखिएको छ ...

Read More »

भोडाफोन इण्डियाको विज्ञापन भक्तपुरमा खिचियो, सूपरनेट सेवाको बारेमा विज्ञापन

काठमाडौं, २ जेठ । अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन कम्पनी भोडाफोनको (Vodafone) सेवा छिमेकी मुलुक भारतमा पनि उपलब्ध रहेको छ । बेलायतमा आधारित रहेर विभिन्न मुलुकमा सेवा प्रदान गर्दै आएको भोडाफोनले भारतमा पनि टेलिकम्यूनिकेन्स सेवा प्रदान गरिरहेको छ । भारतमा सेवा दिईरहेको भोडाफोन इण्डिया लिमिटेड कम्पनीले हालै नेपालको भक्तपुरमा शुटिंग गरेको नयाँ विज्ञापन भारतीय टेलिभिजन तथा यूट्यूब च्यानलमा सार्वजनिक गरेको छ । भारतीय ...

Read More »

शाओमीको एक्सन क्यामरा, फोर के भिडियो खिच्न सक्ने

काठमाडौं, २ जेठ । शाओमीले एक्सन क्यामराको प्रतिस्पर्धामा अगाडि बढ्दै नयाँ एक्सन क्यामरा वाईआई एक्सन क्यामरा २ (YI Action Camera 2) सार्वजनिक गरेको छ । शाओमीले वाईआई एक्सन क्यामरालाई अपग्रेड गर्दै वाईआई एक्सन क्यामरा २ ल्याएको हो । शाओमीले एक्सन क्यामरामा सबैभन्दा अग्रस्थानमा रहेको गो प्रोलाई (GoPro) कडा प्रतिस्पर्धा दिनेछ । वाईआई एक्सन क्यामरा २ मा १२ मेगापिक्सेलको क्यामरा रहेको ...

Read More »

नेपाल एसबिआई बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई सरसफाई सामाग्री हस्तान्तरण

काठमाडौं, १ जेठ । नेपाल एसबिआई बैंकले पशुपति क्षेत्र विकास कोषलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । बैंकको उक्त सामाग्री स्टेट बैंक अफ ईन्डियाका निर्देशक तथा कर्पाेरेट बैंकिङ्ग प्रमुख बि श्रीरामले शनिवार एक कार्यक्रमका बीच कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई हस्तान्तरण गरेका हुन् । स्टेट बैंकका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेनगुप्ता तथा मुख्य महाप्रबन्धक सुजित कुमार वर्मा, कोषका कार्यकारी ...

Read More »