रिभ्यूः फोटोका लागि उपयुक्त बजेट स्मार्टफोन ‘जियोनी पी ५ डब्लू’ (भिडियो रिभ्यूसहित)

काठमाडौं, २१ वैशाख । जियोनीले नेपाली बजारमा ल्याएको बजेट स्मार्टफोन हो जीयोनी पी ५ डब्लू  (Gionee P5W) । जियोनीको यो स्मार्टफोनमा ५ इन्चको आईपीएस एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ७२०x१२८० पिक्सेल रहेको छ । यो फोन हेर्दा निकै स्टायलिस र अाकर्षक छ । हातमा समाउँदा स्लीम फोन भएको अनुभव दिन्छ भने गाेजीमा पनि सजिलै अटाउँछ ।

जियोनीको यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर मिडियाटेक कोर्टेक्स ए५३ प्रोसेसर राखिएको छ भने यसमा २ जीबीको र्याम रहेको छ । जियोनी पी ५ डब्लू स्मार्टफोनमा १६ जीबीको स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडी कार्डबाट बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

जियोनीको यो फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा रहेको छ भने यसमा एलईडी फ्ल्याश पनि राखिएको छ । त्यस्तै सेल्फीका लागि यो फोनमा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसको क्यामरामा फेस डिटेक्सन, ब्यूटी शट, फील्टर, एचडी रेकर्ड, पानोरामालगायतका फीचरहरु छन भने यसको रियर क्यामराले ७२० पिक्सेलको एचडी भिडियो रेकर्डिंग गर्दछ ।

जियोनी पी ५ डब्लूबाट हामीले केहि तस्विरहरु खिचेका छौं, जुन अाकर्षक देखिन्छन् । यसको क्यामरा क्वालिटी बजेट फोनको जस्तो नभई मिड रेन्जको स्मार्टफोनको जस्तै छ । तर यसको क्यामरा जूम क्वालिटी निकै कमजोर रहेको छ ।

IMG_20160407_103817IMG_20160407_103917

IMG_20160406_130511त्यसैगरी यो फोनले खिचीएका भिडियोको गुणस्तर पनि ठिकै किसिमको छ ।

जियोनी पी ५ डब्लू स्मार्टफोनमा लीआयोन २,००० एमएएचको ब्याट्री क्षमता रहेको छ ।

ड्यूल सिम सपोर्ट गर्ने यो फोनमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ, थ्रीजी सपोर्ट छ भने सेक्यूरिटीमा फेस अनलक, तथा गेस्ट मोड फीचर छ । यो फोनमा ओटिजी फीचर पनि रहेको छ, जसको माध्यमबाट अर्को फोनबाट अथवा कुनैपनि पेन ड्राइभबाट विभिन्न जानकारीहरु आदान प्रदान गर्न सकिन्छ ।

एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा जियोनीको आफ्नै अमिगो ३.१ इन्टरफेस प्रयोग गरिएको छ । बजारमा यो फोन ह्वाइट, ब्लू, ब्ल्याक एण्ड गोल्ड कलरमा उपलब्ध रहेको छ ।

जियोनीको बजेट रेन्ज फोनको रुपमा बजारमा आएको यो स्मार्टफोन निकै स्टायलिस देखिन्छ भने यसमा भएको साउण्ड क्वालिटी पनि राम्रो रहेको छ । नेपाली बजारमा यसको मूल्य कम्पनीले रु ११,९९९ तोकेको छ ।

यसको रियर तथा फ्रन्ट क्यामराले आकर्षक फोटोहरु खिच्न सकिन्छ । बजेट फोन भएपनि यसको क्यामरा गुणस्तर भने निकै राम्रो छ । क्यामराको लागि बजेट फोनको रुपमा बजारमा आएका अन्य फोनहरुमध्ये यसलाई उत्कृष्ट फोन भन्न सकिन्छ । त्यसैगरी यसको लूक्स पनि निकै आकर्षक रहेको छ । यो फोन बोक्दा निकै आकर्षक र हलुका महसुस हुन्छ भने यसको कार्य क्षमता पनि निकै दक्ष रहेको छ । अधिक र्याम भएको हुँदा कार्य क्षमतामा कुनै समस्या आउँदैन् ।

जियोनी पी ५ डब्लूको भिडियो रिभ्यू-

तर जियोनी पी ५ डब्लू फोनको कमजोरी भनेको यसको ब्याट्री ब्याकअप हो । यसमा निकै कम क्षमताको ब्याट्री राखिएको हुँदा अधिक क्षमताका एप्स तथा गेमखेल्दा ब्याट्रीले सपोर्ट गर्दैछ । यसको ब्याट्री छिटै सकिने समस्या अनुभव गर्न सकिन्छ । त्यसैगरी यो फोनमा मल्टी टास्किंग गर्दा र अधिक क्षमताका एप्स चलाउँदा फोन अधिक तात्ने गर्दछ भने बेला बेलामा अनावश्यक रुपमा ह्यांग हुने समस्या देखिन्छ ।

समग्रमा भन्दा बजेट फोनको रुपमा रहेको जियोनीको पी ५ डब्लू स्मार्टफोन क्यामरा र फोटोमा सोख राख्ने व्यक्तिहरुका लागि निकै आकर्षक फोनको रुपमा खरिद गर्न सकिन्छ । तर गेम खेल्न वा मल्टि टास्किंगका लागि यो स्मार्टफोन खरिद गर्न चाहनुहुन्छ भने एक पटक विचार गर्नु नै ठिक होला ।