सामसुंगले ३६० डिग्री एंगलमा फोटो खिच्ने क्यामरा ल्यायो, ‘गियर ३६०’ ले सेल्फी पनि खिच्ने

Technology Khabar १७ बैशाख २०७३, शुक्रबार

सामसुंगले ३६० डिग्री एंगलमा फोटो खिच्ने क्यामरा ल्यायो, ‘गियर ३६०’ ले सेल्फी पनि खिच्ने

काठमाडौं ।

काठमाडौं, १७ वैशाख । सामसुंगले आफ्नो पूर्व निर्धारित समय अनुसार नै गियर ३६० क्यामरा (Gear 360 Camera) सार्वजनिक गरेको छ । यो गियर ३६० क्यामरा यो वर्षको मोबाइल वल्र्ड कंग्रेसमा घोषणा गरिएको थियो ।

यो गियर ३६० क्यामरा हाल कम्पनीको गृह देश दक्षिण कोरियामा खरिदका लागि उपलब्ध रहेको छ । सामसुंगको गियर ३६० क्यामरा हाल अनलाइनमा लिस्टेड भएपनि यो छिटै अन्य स्टोरहरुमा पनि उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

सामसुंगले सार्वजनिक गरेको गियर ३६० क्यामराको मूल्य ३,९९,३०० कोरियाली वन अर्थात करिब ३५० अमेरिकी डलर तोकेको छ । Samsung Gear 360 Camera

यो डिभाइस कोरिया बाहेक अन्य केहि मुलुकहरुमा पनि उपलब्ध हुने अनुमान गरिएको छ । तर यो डिभाइस अमेरिकामा भने उपलब्ध नहुने केहि विज्ञहरुले उल्लेख गरेका छन् ।

यो क्यामराले ३६० डिग्री एंगलमा भिडियो खिच्दछ भने ३६० डिग्री एंगलमा सेल्फी पनि खिच्न सकिन्छ । यो क्यामरालाई आफ्नो फोनसँग सिन्क्रोनाइज गरेपछि यसमा भएका फोटो तथा भिडियोहरु आफ्नै स्मार्टफोनबाट हेर्न सकिन्छ ।

यसको प्रयोगको बारेमा सामसुंगले यू ट्यूबमा एउटा भिडियो पनि राखेको छ जसले यो क्यामराको विशेषताहरुको बारेमा जानकारी दिन्छ ।

माध्यम   स्रोत

Global Bank
easy care

प्रकाशित: १७ बैशाख २०७३, शुक्रबार