एभरेष्ट बैंक र मेटलाइफ नेपाल बिच बैंकासुरेन्स सम्झौता

Technology Khabar १६ बैशाख २०७३, बिहीबार

एभरेष्ट बैंक र मेटलाइफ नेपाल बिच बैंकासुरेन्स सम्झौता
????????????????????????????????????

काठमाडौं ।

काठमाडौं, १६ वैशाख । एभरेष्ट बैंक र मेटलाइफ नेपाल बिच बैंकासुरेन्स सम्झौता भएको छ । बैकको मुख्य कार्यालयमा भएको उक्त कार्यक्रममा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ए.के अहलुवालिया र मेटलाइफ नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एम अलाउदिन अहमदले हस्ताक्षर गरेका थिए । यस संझौता पश्चात्, अब एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाटै मेटलाइफ नेपालको बीमा सेवा पाउनेछन् ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टरहरु र ८४ एटिएम तथा बृहत बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्यूबिज “वेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८/०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको छ ।

easy care

प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

ताजा समाचार