मार्शमाल्लो ६.० मा आधारित ‘माइक्रोम्याक्स क्यानभास स्पार्क २ प्लस’, इन्ट्रि लेभलको स्मार्टफोन

काठमाडौं, १० वैशाख । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लोमा आधारित सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले मार्शमाल्लो ६.० भर्सनमा आधारित क्यानभास स्पार्क २ प्लस (Canvas Spark 2 Plus) स्मार्टफोन सार्वजनिक गरेको हो । भारतीय बजारमा सार्वजनिक यो स्मार्टफोनको मूल्य भारु ३,९९९ तोकिएको छ ।

माईक्रोम्याक्सको यो स्मार्टफोनमा ५ इन्चको भीजीए डिस्प्ले रहेको छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । फोनमा १ जीबीको र्याम छ भने ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।

माइक्रोम्याक्सको नयाँ स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।micromax_canvas_spark_2_plus

यो फोनको ब्याट्री २,००० एमएएचको राखिएको छ भने क्यानभास स्पार्क प्लस २ मेटालिक ग्रे, कपर गोल्ड, तथा स्याम्पेन गोल्ड कलरमा उपलब्ध हुनेछ ।

दुई वटा सिम प्रयोग गर्न सकिने यो फोनमा कनेक्टिभिटीका लािग यसमा थ्रीजी, वाईफाई, ब्लूटूथ तथा माइक्रो यूएसबी रहेको छ ।

भारतीय बजारमा यो स्मार्टफोन शुक्रबारदेखि एक्सक्लूसिभरुपमा ई-कमर्श साइट स्न्यापडीलमा उपलब्ध हुनेछ ।

कम्पनीले यो स्मार्टफोन पहिलो पटक बारफोनबाट स्तरोन्नति भएर स्मार्टफोन खरिद गर्न चाहनेहरुका लागि ल्याएको उल्लेख गरेको छ । तर इन्ट्रि लेभलको बजेट स्मार्टफोन भएर पनि कम्पनीले एन्ड्रोयडको मार्शमाल्लो अपरेटिंग सिस्टम राखेको छ ।

कम्पनीका अनुसार यो मार्शमाल्लो ६.० (Marshmallow 6.0) मा आधारित पहिलो माइक्रोम्याक्सको स्मार्टफोन हो ।